
दीननाथ बराल,
पोखरा २२, भदौ,
पोखरामा यस बर्षको वडा दशेैं पर्वलाई लक्ष्ति हुने गरी आउँदो असोजको पहिलो साता देखि सुकिला नोट सटही हुने भएको छ । नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आउँदो असोजको पहिलो साता देखि सुकिला नोट सटही गर्ने व्यबस्था मिलाउने भएको कार्यालयका निर्देशक विना ढकाल (पौडेल) ले पोखराक्लिकलाई बताउनु भयो ।
राष्ट्र बैंक केन्द्रको निर्देशन अनुसार यस बर्ष नयाँ नोट सटही नहुने भएकोले बजारमा एक पटक पुगेका चलन चल्तीमा प्रयोग गर्न मिल्ने झुत्रो नभएका नोटहरु सटहीको व्यबस्थान गर्ने तयारी गरेको उहाँले जनाउनु भयो । आम सर्वसाधारणको लागि अघिल्ला बर्ष झै यस बर्ष पनि सानो नोट (५, १०, २०, ५० र १००) का एक÷एक प्याकेट १८ हजार ५ सय बराबरको सटहीको व्यबस्था गरिएको उहाँले जनाउनु भयो । पोखरा क्षेत्रमा सेवाग्राहीको माग बमोजिम सुकिला नोटको प्रबन्ध गर्ने निर्देशक पौडेलले जनाउनु भयो । कार्यालयले यस बर्ष बैंक तथा विक्तिय संघ संस्थाहरुको लागि समेत सुकिला नोट उपलब्ध गराउने भएको हो ।
पोखरामा दशैं पर्वको अवसरमा करिब डेढ देखि २ अर्बको नयाँ नोट सटही हुदै आएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले जनाएको छ । नयाँ नोटमा छपाई खर्च बढी हुने पछिल्लो समयमा डिजिटल कारोबार बढी भएकोले सुकिला नोट स्टक धेरै भएकोले गर्दा नेपाल राष्ट्र बैंकले यस बर्ष नयाँ नोट नछापेका कारण सटही समेत नगरेको हो । अझै पनि नेपाली समाजमा र गाँउ घरमा दशंै भने पछि नयाँ नोटको कारोबार गर्ने गरेको पाइन्छ । केटाकेटी देखि युवा युवती हुदै बृद्धबृद्धालाई पनि नयाँ नोट दक्षिण दिने प्रचलन रहेको छ ।





