
दीननाथ बराल,
पोखरा, २२ भदौ,
गत बर्षको उपविजेता नेपाल पुलिस क्लवले यसपाली लामाचौर कप राष्ट्रिय पुरुष भलिवल प्रतियागिता २०८१ को उपाधि हात पार्न सफल भएको छ । पोखरामा शनिबार ईन्द्र राज्य लक्ष्मि माविको खेल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा पुलिसले शसस्त्र पहरी वलको एपिएफ क्लव माथि ३–२ को सेटमा पराजित गर्दै उपाधि सहित हात पार्न सफल भएको हो । उपािध सहित पुलिसले एक लाख ५० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको हो ।

प्रतिष्प्रर्धामा भएको खेलमा पुलिसले पहिलो सेट आफ्नो पोल्टामा २५–१६ मा पार्न सफल भयो भने दोश्रो सेटमा एपिएफसंग पुलिस २५–२१ मा हार्न पुग्यो । तेश्रो सेटमा पुलिसले एपिएफ माथि २५–१९ को जित निकाल्दा चौथो सेटमा भने एपिएफले २५–२२ को सेटमा पुलिसलाई पराजित गरेको हो । पाँचौ सेटमा पुलिसले एफिएफलाई १६–१४ मा जित निकाल्दै दोश्रो पटक उपाधि रक्षा गरेको हो । शुक्रबार प्रकाश नपुगेर स्थगित भएको फाइनल खेल पुनः शनिबार भएको हो । प्रतियोगितामा पुरुष तर्फ भने एभरेष्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो हुँदै एभरेष्टले ५० हजार एक सय ११ रुपैयाँ हात पारेको छ ।
त्यसै गरी महिला तर्फको उपाधि भने शसस्त्र प्रहरी वलको एपीएफ क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा न्यू डायमण्ड एकेडेमीलाई ३–१ सेटमा हराउँदै एपीएफले उपाधि सहित १ लाख ५० पुरस्कार प्राप्त गरेको छ । उपविजेता डायमण्डले भने १ लाख प्राप्त गरेको छ । ४ टिम सहभागि भएको महिला तर्फको प्रतियोगितामा एभरेष्ट भलिवल क्लव तेश्रो भएको छ । घरेलु टिम गण्डकी टिम अन्तिम भएको हो । फाईनल खेल अवलोकन गर्न दर्शकको उल्लेख सहभागिता रहेको नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले बताउनु भयो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह घोषित हुनु भयो । उत्कृष्ट सेटर पुलिसका बलराम गुरुङ घोषित हुनु भयो । उत्कृष्ट डिफेन्डर पुलिसका भिम गाहा घोषित हुनु भयो । उत्कृष्ट ब्लकरको उपाधि पुलिसका सफल विकले हात हुनु भयो । उत्कृष्ट सर्भर एपिएफका हेमन्त मल्ल घोषित हुनु भयो । उत्कृष्ट स्पाइकर एपिएफका विजय थापा घोषित हुनु भयो ।। उत्कृष्ट प्रशिक्षक पुलिसका चन्द्र कुवँर घोषित हुनु भयो । विधागत उत्कृष्ट हुने सबैले समान पाँच–पाँच हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नु भयो ।
भदौ १९ गतेदेखी संचालन भएकोे प्रतियोगिताको महिला तर्फ ४ र पुरुषतर्फ ४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको राष्ट्रिय रेफ्रि नारायण भण्डारीले बताउनु भयो । फाइनल खेल अवलोकन गर्न दर्शकले ३ सय रुपैया शुल्क तिर्नु भएको प्रचार संयोजक दिनेश भण्डारीले जनाउनु भयो । समाजले महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । गत बर्ष पुरुष तर्फ घरेलु टिम गण्डकी प्रदेश भलिवल संघ विजेता भएको थियो भने महिला तर्फ पुलिस विजेता भएको थियो ।







