कोन सहकारीमा तीज कार्यक्रम

-


     पोखरा क्लिक     
     भाद्र १८ गते २०८१ मा प्रकाशित


   पोखरा, १८ भदौ

पोखरा महानगरपालिका वडा नं १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा सामाजिक उत्तर दायित्व अन्तर्गत मंगलवार तीज विशेष कार्यक्रम सम्पन्न भयो । वडा नं १३ का वडा सदस्य सुचित तामाङले शेयर सदस्य उर्मिला बस्नेतलाई तीजको उपहार दिएर कार्यक्रमको उद्घाटन गर्नु भयो ।

वडा सदस्य तामाङले तीज कार्यक्रम मनाउँदा तडक भडक नगरी सरल तरिकावाट मनाउन अनुरोध गुर्न भयो । शेयर सदस्यलाई पैसा बचत गर्ने बानी बसाल्न सहकारीले मनि पर्स उपहार दिएको सदस्य तामाङले वताउनु भयो । सहकारीका महाप्रवन्धक सुजता हमालले हरेक महिना धेरै थोरै पैसा बचत गर्दै जानाले भविष्यमा समास्यको गाँठो फुकाउन सजिलो हुने भन्नु भयो । कार्यक्रममा चार सय जनालाई उपहार वितरण गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने विष्णु लामिछानेलाई महाप्रवन्धक हमालले मायाको चिनो वितरण गर्नुभयो । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थवहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य सकुन्तला गुरुङ, संचालक समितिका सदस्य जसुदा गुरुङले सात सिद्धान्त र समितिका सदस्य शारदा पराजुलीले स्वागत गरेको कार्यक्रममा संचालक समितिका सदस्य एवं शिक्षा उपसमितिका संयोजक खड्क बहादुर गुरुङ(खुशीमान)ले संचालन गर्नुभएको थियो ।