
पोखरा,१६ भदौ,
नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको अध्यक्षमा किशोरप्रसाद गौतम सर्वस्म्मत चयन हुनुभएको छ । संघको शनिबार सम्पन्न सातौँ साधारणसभा तथा चौथो अधिवेशनले गौतमको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा श्याम सुवेदी, सचिव कृष्ण पौडेल, सहसचिव अर्जुन अधिकारी र कोषाध्यक्षमा अनन्तराज पौडेल चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा सुवास पौडेल, विशाल पौडेल, नवराज अिधकारी र रोहन गौतम निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक भीमसेन क्षेत्रीले जानकारी दिनुभयो । यसैगरी गण्डकी प्रदेशस्तरीय हेभी इक्युपमेन्ट अपरेटर संघको प्रथम भेलाले प्रेमबहादुर थापा९कास्की०लाई अध्यक्षमा चयन गरेको छ । नवगठित संघको प्रदेश समितिको उपाध्यक्षमा गणेशबहादुर क्षेत्री९बाग्लुङ०,महासचिव देवेन्द्र चोखाल९म्याग्दी० र कोषाध्यक्ष गुरुप्रसाद धमला९कास्की० चयन हुनुभयो ।
यसैगरी सदस्यहरुमा अवतार शर्मा९म्याग्दी०,कुमार श्रेष्ठ९गोरखा०, सुवोध गौचन९मुस्ताङ०, हरिप्रसाद भुसाल९पर्वत०, सन्दीप पौडेल९पर्वत० चयन हुनुभयो । प्रदेश समितिको विशेष सल्लाहाकारमा श्यामनन्द शर्मा र सुशील कुमार वाग्ले शर्मा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । यसअघि अधिवेशन तथा भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघ गण्डकीका अध्यक्ष टंकराज बरालले निर्माण व्यवसायी र अपरेटहरुको सम्बन्ध नङ र मासुको जत्तिको रहेको चर्चा गर्नुभयो ।
अपरेटरहरुका समस्या समाधानका लागि संघ प्रतिवद्ध रहेको बरालले बताउनुभयो । “निर्माण व्यवसायी र अपरेट फरक हुन् भन्ने सोच्नु आवश्यक छैन । व्यवसायी र अपरेटर सँगै हिँड्ने छौँ ।” बरालले भन्नुभयो । नेपाल निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले अपरेटहरुले व्यवसायीबाट पाउनुपर्ने पारिश्रमिक लगायतका समस्या भए संघमा जानकारी गराउन आग्रह गर्दै संघले २४ घण्टाभित्रमा समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघका पूर्व अध्यक्ष एवं भेलाका संयोजक सुशील वाग्ले, नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघ कास्कीका सचिव भीम केसी, अटोवेज प्रालिका प्रेमराज पौडेल, कुश्मा नगरपालिका–१२ का वडाध्यक्ष झलकप्रसाद रिमाल, अपरेटर संघ स्याङ्जाका अध्यक्ष म्याग्दी अध्यक्ष देवेन्द्र चोखाल, बाग्लुङका अध्यक्ष गणेश श्रेष्ठ, संघ कास्कीका सचिव किशोरप्रसाद गौतम, संघका सदस्य एवं कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेल, संस्थाका पूर्वउपाध्यक्ष एवं संघ कास्कीका सदस्य उमानाथ आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभाका अवसरमा संघलाई सहयोग गर्ने सहयोगदाता तथा आजीवन सदस्यहरुलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।



