मानव अधिकारकर्मी टेकनाथ बरालको सम्झनामा स्मृति सभा, हरेक वर्ष टेकनाथ स्मृति सम्मान प्रदान गरिने

-


     पोखरा क्लिक     
     भाद्र १३ गते २०८१ मा प्रकाशित


पोखरा १३, भदौं,

ः मानव अधिकारकर्मी टेकनाथ बरालको प्रथम स्मृति सभामा बरालले मानव अधिकार रक्षा, प्राकृतिक स्रोत संरक्षण, बिभिन्न कालखण्डमा राजनीतिक परिवर्तनमा पु¥याएको योगदानको स्मरण गरिएको छ । सभामा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले बरालले राजनीतिक परिवर्तनकालागि बामपन्थी नेताको रुपमा पु¥याएको योगदानको सम्झना गरे । राष्ट्रियताको रक्षा, सीमा सुरक्षाको सवालमा पनि बराल सक्रियतापूर्वक लागेको उनले सम्झीए ।

बरिष्ठ अधिवक्ता तिलक पराजुलीले बरालको बहुआयमीक पक्षको चर्चा गरेका थिए । २०२२ सालमा बनारस गएका बराल पुष्पलालको सम्र्कमा पुगेर बामपन्थी बिचारबाट प्रभावित भएर राजनीतिक परिवर्तनको आन्दोलनमा लागेको पनि उनले सुनाए ।
नेपाल उद्योग बाणिज्य महासंघमा पूर्व अध्यक्ष आनन्दराज मुल्मी, शान्तिकालागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, पत्रकार दिपेन्द्र श्रेष्ठ, टेकनाथ बरालका छोरा विद्याविमल बराल, छोरी प्रभाव बराल, बामबुद्धिजीवी रामराज रेग्मी लगायतले बरालले सामाजिक न्याय, मानवअधिकार, राष्ट्रियता रक्षा, राजनीतिक परिवर्तनमा खेलेको भूमिकाका बारेमा बोलेका थिए ।

हरेक वर्ष टेकनाथ स्मृति सम्मान प्रदान गरिने

मानव अधिकारकर्मी टेकनाथ बरालको सम्झनामा टेकनाथ स्मृति अध्ययन केन्द्र स्थापना गरिएको छ । अधिकारकर्मी बरालले राजनीति, मानवअधिकार, राष्ट्रियताको रक्षा, प्रकृति संरक्षण, शिक्षा क्षेत्रमा गरेको योगदानको अध्ययन गर्न टेकनाथ स्मृति अध्ययन केन्द्र स्थापना गरिएको उनकाछोरा विद्याविमल बराललेसभामा जानकारी दिए ।

मानव अधिकार, समाजिक न्याय, असमानता विरुद्धको आन्दोलनलाई विस्तृत र फराकीलो बनाउन अध्ययन केन्द्र लाग्ने बरालले बताए । मानवअधिकार, समाजिक न्याय, राष्ट्रियता र प्रकृति संरक्षणको क्षेत्रमा राष्ट्रिय स्तरमा योगदान पु¥याएका व्यक्तिलाई हरेक वर्ष टेकनाथ स्मृति सम्मान प्रदा गरिने अध्ययन केन्द्रका संयोजक विद्याविमल बरालले बताए । यसकालागि परिवारले ६ लाखको अक्षय कोष स्थापना गरेको उनले जानकारी दिए ।