गण्डकी रेन्वो ट्राउट फार्मका संचालक गुरुङको सहयोग सहित महायज्ञमा ३८ लाख संकलन

-


     पोखरा क्लिक     
     भाद्र १० गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १०, भदौं,

कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नं २ खाँदरजुङ्गमा रहेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्धेश्यले आयोजित महायज्ञमा हालसम्म ३८ लाख ५१ हजार आर्थिक सहयोग संकलन भएको छ । श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८१ को आज पाँचौं दिन (सोमबार) सम्म ३८ लाख ५१ हजार ४ सय ५१ रुपैया संकलन भएको माछापुच्छ«्रे गाउँपालिका–२ का वडाध्यक्ष तथा प्रवक्ता एवं महायज्ञका सहसंरक्षक गणेश आचार्यले बताउनु भयो ।

महायज्ञमा सोमबार श्रीकृष्ण जन्मष्टमी पर्वको अवसरमा गण्डकी रेन्वो ट्राउट फार्मका संचालक एवं व्यवसायी कृष्ण गुरुङ र बिष्णु गुरुङ सहितको उहाँको परिवारबाट मात्र ५ लाख २५ हजार ५ सय २५ रुपैया आर्थिक सहयोग संकलन भएको उहाँले जनाउनु भयो । त्यस्तै माछापुच्छ«्रे गाउँपालिका–२ निवासी पर्यटन व्यवसायी भिम तामाङले उक्त महायज्ञमा १ लाख ४५ हजार आर्थिक सहयोग गर्नु भएको छ ।

त्यसै गरी महायज्ञमा सोमबार स्थानिय च्याङलुङ आमा समाजले खाजा तथा प्रसादको व्यबस्थापन गरेको महायज्ञका प्रचार प्रसार संयोजक कृष्ण गौतमले पोखराक्लिकलाई बताउनु भयो । सोमबार मात्र उक्त महायज्ञमा करिब १ हजार ५ सय भन्दा बढी भक्तजनहरुको सहभागिता रहेको शिवालय मन्दिर व्यवस्थापन समितिले श्रीमद् भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखेको छ ।

घोप्टे डाँडामा विशाल शिवजीको मूर्ति स्थापना, ज्योतिलिङ्ग सहित एक सय आठ शिवलिङ्ग स्थापना र मन्दिरको छाना ताम्रपत्र, बुद्ध तथा क्होइवो धिँ स्थापनाका लागि आर्थिक स्रोत जुटाउने उद्धेश्य महायज्ञको आयोजना गरिएको हो । शिरोमणि दीपक प्रसाद पौडेलबाट प्रवचन जारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जनाउनु भयो ।

महायज्ञमा सोमबार नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुँबर, सहसचिव शंकर भण्डारी, काँग्रेस गण्डकीका प्रवक्ता मधु बास्तोला,माछापुच्छ्े गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, माछापुच्छ्े वडा नं ५ का वडाध्यक्ष नारायण प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो । महायज्ञ यही भदौं १४ गतेसम्म चल्ने भएको छ ।



This will close in 20 seconds