
दीननाथ बराल,
पोखरा ५, भदौं,
गण्डकी प्रदेश मुवाँथाई संघ गठन भएको छ । बुधबार प्रदेश खेलकुद परिषद् गण्डकीको सभाहलमा भएको एक भेलाले मिलन थापाको संयोजकत्वमा मुवाँथाई तदर्थ समिति गण्डकी गठन भएको हो ।
तदर्थ समितिको सह–संयोजकमा सुनिल तिमिल्सिना रहनु भएको छ भने सदस्यमा धनबहादुर पुन, माउ बहादुर तमु, रुपक नेपाली, शिव हिताङ, रिना गुरुङ, डेक पुन, पद्मा थापा, सरस्वती गुरुङ, प्रदिप गुरुङ, सनिज गुरुङ, सुन्दर गिरी र विक्की कुँवर रहनु भएको छ ।
उक्त समितिले ऐन अनुसार प्रदेश खेलकुद परिषद गण्डकीमा विधिवत दर्ता गराउने र संघको आफ्नै खाता सञ्चालन गर्ने निर्णय गरेको छ । मुवाँथाईका केन्द्रीय उपाध्यक्ष दिपक गोदार, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठक र खगेन्द्र क्षेत्रीको उपस्थितिमा तदर्थ समिती गठन भएको हो । मुवाँथाई खेलको विकासका लागि गठित तदर्थ समितिले ४ महिना भित्र संघको गठन गर्ने भएको छ ।







