
दीननाथ बराल,
पोखरा ५, भदौं,
क्यान्सर रोगबाट प्रभावित हुनु भएको गोकुल रिमाललाई पोखरा ११ को रानीपौवा महिला समुहले आर्थिक सहयोग गरेको छ । महिला समुहबाट संकलित ४४ हजार ४ सय ६५ रुपैया बुधबार पोखरामा एक समारोहका बिच रिमाललाई महिला समुहकी सचिव लिलादेवी पौडेल, कोषाध्यक्ष झलक अधिकारी (कोइराला) सहितको अन्य सदस्यहरुले हस्तान्तरण गर्नु भएको हो ।

८१ जना महिला समुह र अन्य केही सहयोगीहरुबाट उक्त रकम संकलन भएको सचिव पौडेलले जनाउनु भयो । रिमालको स्वास्थ्य उपचारमा थप सहयोग हुने उद्धेश्यले आफुहरुले सानो सहयोग गरेको उहाँको भनाई थियो । महिला समुहले न्यूनतम २० रुपैया देखि ५ हजार १ सय ५ रुपैयासम्म प्रति व्यक्तिको सहयोगमा उक्त रकम संकलन गरेको हो । महिला समुहमा हाल ७१ जना सदस्य आबद्ध भएको कोषाध्यक्ष कोइरालाले जनाउनु भयो ।

बर्दीया घर भई विगत डेढ दशक देखि पोखरामा ट्याक्सी चलाउदै आउनु भएको ४४ बर्षका रिमालको थप स्वास्थ्य उपचारको लागि सहयोगी मनहरुमा सहयोगको आव्हान समेत गरिएको संस्थाका अध्यक्ष वेवी श्रेष्ठ (गोंगजु) ले बताउनु भयो । संस्थाले यस अघि आँखा शिविर, फेवाताल सरसफाई, ट्राफिक सचेतना, टोल सरसफाई, डेंगू सचेतना अभियान, गाईजात्रा तथा बाह््र भैरव नृत्यमा सहयोग सहित अन्य महत्वपूर्ण सामाजिक कार्यमा सहयोग र सहकार्य गर्दै आएको अध्यक्ष गोंगजुले बताउनु भयो ।३ बर्ष अघि संस्था स्थापना भएको हो ।
रिमाललाई विगत २ महिना अघि मात्र दाँतबाट क्यान्सर रोग लागेको पहिचान भएको उहाँको परिवारले पोखराक्लिकलाई बताउनु भएको छ । रिमालको एउटा शल्यकृया भए पनि रेडियसन गर्न र क्म्बु लगाउन करिब ५ लाख रुपैया आवश्यक भएको उहाँको पारिवारीक श्रोतले जनाएको छ । एक श्रीमती र दुई छोरीको पालन पोषणमा ट्याक्सी हाक्दै हिड्ने गर्नु भएको रिमाल परिवारले हाल सहयोगी मनहरु खोजि रहेको महिला समुहले उल्लेख गर्नु भएको छ ।





