काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतलाई

-


     पोखरा क्लिक     
     श्रावण २३ गते २०८१ मा प्रकाशित


काठमाण्डौं २३, साउन,

काठमाण्डौंमा बुधबार सम्पन्न भएको काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । बुधबार भएको फाइनल खेलमा भारतले नेपाललाई ३—२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो सेटमा जित निकालेको नेपालले अन्य सेटमा सम्हालिन नसक्दा आफ्नै भूमिमा भारतसंग पराजित हुनु पर्यो । अरुणा शाहीको कप्तानीमा मैदानमा उत्र्रिएको नेपालले पहिलो सेटमा भारतलाई २५—२३ मा पराजिनत गरेको थियो । दोश्रो सेटमा भारतले २५—१४ मा जित निकालयो । तेश्रो सेटमा नेपालले २५—२२ मा जित निकाले पनि चोथो सेटमा भारतसंग २५—२१ मा पराजित भयो । पाँचौं सेटमा नेपाल भारतसंग १५—५ को सेटमा पराति भयो ।

भारत विश्व भरियाताको ६४ औं स्थानमा रहेको टिम हो भने नेपाल विश्व वरियतामा नै पर्न सकेको छैन् ।

यसैबिच, इरान काभा महिला भलिबल नेसन्स लिगमा तेस्रो भएको छ। श्रीलंकालाई सोझो सेटमा हराउँदै इरान तेस्रो भएको हो।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।