शनिबार पहिरोले पुरिनु भएको स्याङजाकी एक महिनाको आइतबार शव भेटियो

-


     पोखरा क्लिक     
     असार २३ गते २०८१ मा प्रकाशित


पोखरा २३, असार,

अविरल बर्षाका कारण शनिबार आफ्नै घर माथिको पहिरोले पुरिनु भएको स्याङजाकी एक महिलाको आइतबार शव भेटिएको छ । स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यमिरे बस्ने ७३ बर्षकी खेम कुमारी मल्लको आइतबार शव भेटिएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

उक्त घटना पश्चात शनिबार देखि आइतबार समेत खोजि गर्दा आइतबार प्रहरीले मध्यान्हः १२ः४५ बजेको समयमा मृत अवस्थामा उहाँको शव फेला पारेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीषक रबिन्द्र रेग्मीले पोखराक्लिकलाई बताउनु भयो ।



This will close in 20 seconds