दीननाथ बराल,
पोखरा २२, असार,
पोखरामा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १८ ग्यारजातीकी ७२ बर्षीया ललिता थापाको सवार भएको बसले ठक्कर दिदा उपचारकै क्रममा आज मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
बिन्दबासिनीचोकबाट सराङकोट तर्फ जादै गरेको ग १ ख ४१५६ नम्बरको बसमा सवार थापा उक्त बसबाट ओर्लिइ हिडने क्रममा बसको पछाडिको पाङग्राले च्यापी गम्भिर घाइते भएको अबस्थामा उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा पुर्याएसंंगै अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो । उक्त घटनाको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जनाउनु भयो ।





