बिद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

-


     पोखरा क्लिक     
     जेठ २१ गते २०८१ मा प्रकाशित


पोखरामा बिद्यार्थीलाई कुटपिट गर्ने एक शिक्षक पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं। ३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई गृहकार्य नगरेको र अक्षर नराम्रो भएको भनी बालकको संवेदनशिल भाग (पछाडी) लठ्ठीले प्रहार गरी घाईते बनाएको भन्ने जाहेरीको आधारमा सोही विद्यालयका शिक्षक कास्की रुपा गाउँपालिका वडा नं। ६ खोलाको छेउ बस्ने वर्ष ३२ का सुदिप अधिकारीलाई पक्राउ गरिएको छ ।

जेठ १३ गते पिटेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति आइतबार पक्राउ गरी कास्की जिल्ला अदालतबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ । उक्त कसूरमा १ वर्ष सम्म कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।



This will close in 20 seconds