पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१ यही जेठ १७ देखि पोखरामा हुने

-


     पोखरा क्लिक     
     जेठ ११ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ११, जेठ,

पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१ यही जेठ १७ देखि पोखरामा हुने भएको छ । पोखरा महानगरपालिकाको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघ तथा नेपाल बक्सिङ महासंघको व्यवस्थापनमा यही जेठ १७ गते देखि उक्त प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

यही जेठ १८ गतेसम्म पोखरा रंगशालामा संचालन हुने प्रतियोगितामा पुरूष तर्फ ९ र महिला तर्फ ६ वटा तौल समुहमा प्रतिष्प्रर्धा हुने भएको संघ कास्कीका अध्यक्ष सुमन कुमार श्रेष्ठले बताउनु भयो । प्रतियोगितामा १२ जना महिला तथा १८ जना पुरुष बक्सर खेलाडीहरूले नगद, प्रमाणपत्र र पदक प्राप्त गर्ने भएको उहाँले बताउनु भयो ।

प्रतियोगितामा विजेतालाई २० हजार, उपविजेतालाई १० हजार नगद पुरस्कार वितरण गरिने भएको संघ प्रदेशका अध्यक्ष विद्या मर्सानीले पोखरा क्लिकलाई बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न १२ लाख खर्च लाग्ने संघले जनाएको छ भने उक्त प्रतियोगितालाई सफल पार्न पोखरा महानगरले ४ लाख सहयोग गर्ने भएको छ ।

प्रतियोगिता पोखरा महानगरको खेलकुद महोत्सव अन्तर्गत उक्त प्रतियोगिता हुने भएको पोखरा महानगर खेलकुद बिकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले बताउनु भयो । यस्ता प्रतियोगिताले पोखराको खेल पर्यटनको प्रबर्द्धन हुने संघका केन्द्रीय उपाध्यक्ष गणेश बहादुर भट्टराईले बताउनु भयो । प्रतियोगितामा देश भरका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरू सहभागी हुने भएका छन् ।



This will close in 20 seconds