
पोखरा १७तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’का क्वाटरफाइनलका खेलहरू मङ्गलवार सम्पन्नभएका छन् । मङ्गलवार भएको पहिलो खेलमाकालिमामाविले ढुङ्गेसाँघुलाई ३–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमाप्रवेश गरेको छ ।

यस्तै दोस्रो खेलमाशान्तिनिकुञ्जले न्यु लेखनाथलाई १–० ले पराजितग¥यो भने भद्रकालीमाविले पेनाल्टी सुट आउटमा लिटिल फ्लावरलाई पाखालगायो । अन्तिम खेलमामदरल्यान्ड माविले रेन्बोलाई ३–० ले पराजितगर्दै सेमिफाइनलमाप्रवेश ग¥यो ।
छात्रातर्फको ३३ बास्केटबलका लिग चरणका खेलहरू पनिमङ्गलवार नै सम्पन्नभए । जम्मा ६ समूह सहभागीभएको बास्केटबलमा फिस्टेल एकेडेमी, बालकल्याण मावि, कुमुदिनीहोम्स र हिल प्वाइन्ट मावि सेमिफाइनलमाप्रवेश गरे ।
सेभेन ए साइड छात्र फुटबल तथा३३ छात्रा बास्केटबलका सेमिफाइनल र फाइनलका खेलहरू बुधवार सम्पन्नहुने छन् । बुधवार नै ‘फिस्टेल एसइई कप २०८१’ को समापनसमेत हुने छ । फुटबलतर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार तथाबास्केटबलतर्फ क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।







