पोखराका पत्रकार बन्जारा राष्ट्रपतिद्वारा पुरस्कृत

-


     पोखरा क्लिक     
     वैशाख २२ गते २०८१ मा प्रकाशित


राष्ट्रिय सूचना आयोगको १७ औ स्थापना दिवसको अबसरमा देशभरबाट ४ जना सुचना अभियन्तालाइ आयोगले पुरस्कृत गरेको छ । यसै क्रममा पोखराका पत्रकार यदुनाथ बन्जारा , सिराहाका पर्शुराम शाह , हेटौंडा का पत्रकार इन्द्र प्रसाद ९ रमेश ० बन्जारा र सिन्धुपाल्चोकका पत्रकार आदित्य दहाल राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका छन ।

आयोगले राष्ट्रपती भवन सितलनिवासमा आयोजना गरेका १७ औ स्थापना दिवस विशेष समारोहमा पुरस्कृत अभियन्ता यदुनाथ बन्जारा पोखराबाट प्रकाशित सराङ्कोट साप्ताहिक पत्रीकाका सम्पादक तथा पत्रकार महासङ गन्डकिका सचिब हुन । उनी बिगत १ दशक बाट सुचनाको हक कार्यान्वयनमा सकृय रहदै आएका छ्न।

बिशेष समारोहमा सन्चार तथा सुचना प्रबिधी मन्त्री रेखा शर्मा ,पत्रकार महासङका केन्द्रिय अध्यक्ष बिपुल पोखरेल, सुचनाको हकका लागि राष्ट्रिय महासङका केन्द्रिय अध्यक्ष उमिद बागचन्दले सुचनाको हकको कार्यान्वयनका सम्बन्धमा सम्बोधन गर्दै पुरस्कार बिजेताहरुलाइ शुभकामना व्यक्त गरेका थिए । सोही कार्यक्रममा ५ जना सुचना अधिकारीहरुलाइ पनि पुरस्कृत गरिएको थियो । राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङको सभापतित्वमा आयोजित बिशेष कार्यक्रममा आयोगका सचिब होम प्रसाद लुइँटेलले स्वागत मन्तब्य राखेका थिए ।



This will close in 20 seconds