गण्डकी प्रदेश सभाको अधिवेशन यही वैशाख ७ गतेलाई आह्वान

-


     पोखरा क्लिक     
     वैशाख ५ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेशसभाको अधिवेशन यही वैशाख ७ गतेलाई आह्वान भएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन बस्ने आह्वान गरेका हुन्। उक्त अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्ताव पेस गर्ने आन्तरिक तयारी भएको श्रोतको दाबी छ ।

मुख्यमन्त्री नियुक्तिका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको अधिवेशन बोलाउनु गलत भएको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । उहाँले भन्नु भयो“ पहिलो कदम अवैधानिको बाटो भएको हुदाँ विचाराधिन अबस्थामा रहेकोर सर्वोेच्चले महत्पूर्ण निर्णय नर्ग दिएको निर्देशन विपरित अहिलेको प्रदेश सरकार चलेको छ, यसमा हाम्रो गम्भीर असहमति छ । ” सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेशी समेतलाई बेवास्था गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम भएको दलका नेता पाण्डेले बताए ।

मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरी विश्वासको मत लिने बिषयमा समेत राय सल्लाह लिएको श्रोतले जनाएको छ ।

सभामुख सहित ३१ मतका आधारमा मुख्यमन्त्री नियुक्तिको बिषयमा सर्वोच्चले अग्राधिकार दिई १० वैशाखमा पेशी तोकेको छ । नेकपा एमाले संसदीय दलका नेता अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार आह्वान गर्दा दलको बहुमतले पुग्ने भन्दै एमालेका २२, सभामुख सहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसद पु¥याएर प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् । राप्रपाले सक्तासिन दल र प्रतिपक्ष दल कसलाई समर्थन गर्ने अझै निर्णय लिन नसक्दा प्रदेश सरकारमा सभामुख सहित अहिलेको प्रदेशको नयाँ सरकार गठन भएको हो ।