फेवा महोत्सव जारी, पर्यटक दौडमा ३५ सहभागी

-


     पोखरा क्लिक     
     चैत्र ३० गते २०८० मा प्रकाशित


पोखरा, ३० चैत

पोखराको फेवा किनारमा जारी १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबारआयोजित पर्यटक दौड प्रतियोगिताको उपाधी जर्मनका डेविड नर्धोफले जितेका छन् । यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्सल्यापलेस द्वितीय भए । रिच अष्टिनले तृतीय स्थान हासिल गरे । 

महिलातर्फको छुट्टैमुल्यांकनमा नेदरल्याण्डकी सिज्ने भिनस्तिया प्रथम, न्यूजिल्याण्डकी ह्यारियट म्याकेन्जीद्वितीय र बेल्जियमकी एलिन रिस्की तृतीय भए । लेकसाइड स्थित पिस प्लाजा होटल अगाडिबाट सुरुभएको दौड ड्यामसाइड पुगी समापन भएको थियो । तीन किलोमिटर लामो दौडमा कूल३५ पर्यटक सहभागी भएको प्रतियोगिताका संयोजक हेमराज पहारीले जानकारी दिए ।

स्पेन,अमेरिका, नेदरल्याण्ड, म्यान्मार, इजरायल, वेलायत, अष्ट्रेलिया, फ्रान्स लगायतका देशकापर्यटकले प्रतियोगितामा भाग लिएका थिए । 

प्रथम हुनेले पोखरा अल्ट्रालाइटका तर्फबाटअल्ट्रालाइट फ्लाइट, होटल ग्लेसियरमा खाना र बास, सिइङ ह्याण्ड्स ब्लाइन्ड मसाजक्लिनिकका तर्फबाट निःशुल्क मसाज, मायाको चिनो र प्रमाणपत्र पुरस्कार पाए । 

यसैगरी द्वितीय हुनेले अन्नपूर्ण प्याराग्लाइडिङका तर्फबाट आधि घण्टाको उडान, ब्यञ्जन बारएण्ड ग्रिलको तर्फबाट रातको खाना, मायाको चिनो र प्रमाणपत्र पुरस्कारस्वरुप प्राप्त गरे। 

तृतीय पुरस्कारस्वरुप निशुल्क टिसर्ट र निशुल्क मसाज सेवा प्रदान गरियो । 

रन फर फन नाम दिइएको प्रतियोगिताकाविजेतालाई पोखरा महानगरपालिका वडा १७ कि अध्यक्ष राधिका कुमारी शाही, महोत्सवआयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदी लगायतलेपुरस्कार वितरण गरेका थिए । 

गोर्खा ब्रुअरी मुख्य प्रायोजक रहेको फेवा महोत्सवलाईनेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका हुन् । आयोजक संघकामहासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले कार्यक्रम संचालन गरेका थिए ।
—



This will close in 20 seconds