नेपाली कांग्रेसका नेता एवं शिक्षा सेवी खेमराज पौडेलको निधन, आजै शव यात्रा सहित अन्त्येष्टि गरिदै

-


     पोखरा क्लिक     
     चैत्र ३० गते २०८० मा प्रकाशित



दीननाथ बराल,
पोखरा ३०, चैत,


नेपाली कागेंसका पूराना नेता तथा शिक्षासेवी खेमराज पौडेलको निधन भएको छ । पोखराको फेवासिटि हस्पिटलमा उपचारकै क्रममा आज बिहान उहाँको ८१ बर्षको उमेरमा निधन भएको कागेंसका युवा नेता तथा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले बताउनु भयो ।

उहाँको निवास पोखरा २२ पुम्दी भुम्दीबाट आज दिउँसो करिब २ः३० बजे सुरु हुने शव यात्रा कागेंस पार्टी कार्यालय पोखरामा केही समय श्रद्धान्जली सभा गरे पश्चात पोखराको रामघाटमा अन्तिम दाहसंस्कार गरिने भएको सांसद बरालले पोखराक्लिकलाई जनाउनु भयो । उहाँका एक श्रीमती, २ छोरा र ३ छोरी रहनु भएको छ ।

कागेंसका महाधिवेसन प्रतिनिधि पौडेल पोखरा २२ लुकुन्स्वाँरामा स्थायी घर भई पोखराका विभिन्न बिद्यालयमा लामो समय अध्ययापन गराउनु भएको थियो । पोखराको शुक्रराज माविका संस्थापक प्रध्यानाध्यापक हुदै पोखराको राष्ट्रिय मावि, छोरेपाटन मावि लगायतमा उहाँले लामो समय अध्ययापन गराउनु भएको थियो। तत्कालिन प्रजातान्त्रिक कागेंसका कास्की सभापति हुनु भएको उहाँ उपनिर्वाचनमा उमेदवार हुनु भएको थियो ।



This will close in 20 seconds