राम्चे–मैदान ग्रामिण सडकको निर्माणकार्य तिव्र

-


     पोखरा क्लिक     
     चैत्र १८ गते २०८० मा प्रकाशित


वर्खायाम नजिकिदै आउँदा पोखरा महानगर पालिका वडा नं. १९ मा स–साना योजनाका निर्माणले गति लिएका छन । वडा तथा महानगर स्तरिय टुक्रे योजना असार मसान्त अघि नै सम्पन्न गर्ने लक्ष्यका साथ उपभोक्ता समितिले कामलाई तिव्रता दिएका हुन् । वर्षायाममा काम गर्न समस्या हुने तथा निर्माण सामाग्री ढुवानीमा समेत समस्या हुने भएपछि समितिको क्रियाशिलता बढेको वताईएको छ ।

पोखरा महानगर पालिकावाट विनियोजित रकमवाट घार्मीको राम्चे, काउलेपानी हुदैं मैदान जोड्ने सडक निर्माणले पछिल्लो समय गति लिएको छ । केही समय अघिसम्म सुस्त गतिमा काम भएको उक्त योजनामा हाल निर्धारित समय अगावै सक्ने गरी निर्माण कार्यलाई तिव्रता दिईएको राम्चे, काउँलेपानी हुदैं मैदान जोड्ने सडक उपभोक्ता समितिका अध्यक्ष पोषराज पौडेलले जानकारी दिनुभयो । विचमा कामदारको अभाव तथा निर्माण सामाग्री ढुवानीमा समस्याका कारण निर्माण कार्य सुस्त भएको भन्दैं उहाँले अहिले समितिका सदस्यकै अग्रसरता तथा दैनिक गरिने अनुगमनका कारण कामले तिव्रता पाएको वताउनुभयो । राम्चेदेखि मैदानसम्म ३ कि.मी भएता पनि हाल नाला सहितको ढलान ३सय मिटर गरिने जसमा १ सय मिटर रड सहितको ढलान हुने, २ ठाउँमा १५÷१५ मिटरका कज वे र १ सय ५० घनमिटरको ग्याविन निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ ।

उक्त कार्यका लागी महानगर र उपभोक्ता समितिवाट समेत गरी करिव ५५ लाख वजेट विनियोजन भएको छ । जेष्ठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम गरिएको सचिव रामप्रसाद पौडेलले बताउनुभयो । निर्माणधिन कार्यको वडाध्यक्ष पुष्पेन्द्र पाण्डे सहितको प्राविधिक टोलिले निरीक्षण समेत गरेको छ । निरिक्षण पछि वडाध्यक्ष पाण्डेले वर्षायाम अघि नै कार्य सम्पन्न गर्न र कामको नियमित अनुगमन गरी गुणस्तरीय काम गर्न समितिलाई सुझाव दिनुभयो ।

सो सडक निर्माण पछि त्यस भेगका अधिकांश बासिन्दा लाभाम्वित हुने छन् । स्थानियले वाँकी खण्ड पनि छिट्टै निर्माणका लागि आवस्यक वजेटको व्यवस्था गर्न वडा तथा महानगरको ध्यानाकर्षण गराएका छन् ।



This will close in 20 seconds