लेखनाथमा खेल महोत्सव जारी

-


     पोखरा क्लिक     
     चैत्र ४ गते २०८० मा प्रकाशित


कास्कीको लेखनाथमा सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा शनिबार देखि जारी खेल महोत्सव अन्तरगत सोमबार फुटवल र टेक्वान्दोका खेल भएका छन् ।

चैत्र ११ गतेसम्म पोखरा–२९ स्थित प्रस्तावित् भण्डारढिक रंगशालामा हुने खेल महोत्सवको दोस्रो दिन गण्डकी प्रदेश स्तरिय टेक्वान्दोका विभिन्न तौल समुहमा भएका १४ वटा ईभेन्टको फाईन खेल सम्पन्न भएको टेक्वान्दोका खेल संयोजक बोधराज गिरीले जानकारी दिएका छन् ।टेक्वान्दो खेलका विजयीहरुलाई नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पशुराम वस्नेतले पुरस्कार प्रदान गरेका थिए ।

यस्तै खेल महोत्सवको मुख्य आकर्षणको रुपमा सोमबार भएको फुटवल खेलमा साहारा क्लव र संगम क्लव विजयी भएका छन् । साहाराले सत्य युवा क्लव वाझापाटनलाई सुन्यका विरुद्ध एक खोलको अग्रताले विजयी भएको हो । साहाराको तर्फबाट विपुल गौतमको गोलले टिमलाई बिजयी बनाएका हुन् । यस्तै सोमबारको पहिलो खेलमा मुत्तिनाथ बाहिनी (एपि एफ) र संगम क्लवका विच भएको खेल निर्धारीत समयमा वरावरी भएपछि पेनाल्टी सुट आउटमा संगम क्लव ४÷३ले विजयी भएको हो ।

यसैगरि मंगलबार पहिलो खेल आदर्श युवा क्लव र पुलचोक क्लव ललितपुरका विच हुने छ भने दोस्रो क्वाटर फाईनलको खेल एल.सी.वर्दश र आयोजक सुर्यतारा नेकोसका विच हुने सुर्यतारा युवा क्लवका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिएका छन् । फुटबल प्रतियोगिता तर्फ विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

यता खेल महोत्सवको आर्को आकर्षण ब्याडमिन्टन प्रतियोगिता तर्फ सहभागी ३२ टिमामा वलराम क्षेत्री÷विवेक न्यौपाने वुटवल प्रथम भएको छन् ।यसैगरि दितियमा विवेक कन्दनवा÷राजु थापा चितवन आयोजक सुर्यतारा क्लवका विशाल खड्का÷गणेश रायमाझी तृतिय र मनोहर कार्की ÷राम मल्ल ठकुरीको समुहले सान्तोना स्थान हासिल गरेको संयोजक जिवन तिवारीले जानकारी दिएका छन् ।

खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तराष्ट्रिय ख्याति स्थापित गर्दै खेलकुदको संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै आन्तरीक र बाह्य पर्यटनको प्रबंधनका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खेल महोत्सव आयोजना गरिएको हो ।

यता खेल उद्घाटन समारोहमा विभिन्न ८१ वटा संघ संस्था एवम महिला÷आमा समुहहरुले आफ्नो कला संस्कृती, परम्परा सहितको पहिचान झल्कीने झाँकी प्रदर्शनी प्रतियोगितामा सुर्यमुखि तमु समाज शिसुवा,लालुपाते तमु समाज र पुन मगर समाज ढुङगेपाटन उत्कृष्ठ तीनमा पर्न सफल भएका थिए ।



This will close in 20 seconds