
दीननाथ बराल
पोखरामा बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने ४६ बर्षीय सुरेश श्रेष्ठले १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको भन्ने जाहेरीको आधारमा उहाँलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
बालबालिका विरुद्ध कसूर (बाल यौन दुव्र्यवहार) मुद्दामा पक्राउ परेका श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट दिन पाँच (५) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार बि.क.ले जनाए । सोमबार प्रहरीलाई जाहेरीको आधारमा मंगलबार प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको उनले जनाए ।




