खै हाम्रा जनप्रतिनिधिहरु कहाँ छन् ? कहिलेसम्म पर्यटकीय सडक मार्ग खाल्डाखुल्डी, धुलाम्मे र हिलाम्मे हुने हो !

-


     पोखरा क्लिक     
     फागुन २२ गते २०८० मा प्रकाशित


शिव देवकोटा,

पोखरा महानगरलाई पर्यटकीय राजधानि घोषणा गर्ने अन्तिम तयारी गरी रहँदा पोखराका विभिन्न पर्यटकीय सडक मार्गहरुको हविगत भने उदेक लाग्दो रहेका छन् । कोभिड पछि आर्थिक मन्दिले बजारमा आर्थिक कृयाकलाप गिर्दो क्रममा रहेको अबस्थामा पोखरा क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यसम्म जाने तथा आउने पर्यटन मार्गहरुमा खाल्डा खुल्डी हुनुले पोखरेलीले जनप्रतिहरु समक्ष धेरै ठुलो आशा भन्दा पनि सडक मार्गहरु नै नियमित मर्मत संम्हार गर्न जोडदार माग गर्दै आएका छन्।

यसै सन्दर्भमा पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको किनारमा रहेका पर्यटन मार्ग खाल्डा खुल्डी, धुलाम्मे, हिलाम्मेको अबस्थामा गुज्रि रहेका छन् । पोखरेलीले आफ्नो अमुल्य मत दिएर जिताएका जनप्रतिनिधिहरुले यस्ता बिषयमा खासै चासो नदिएको देख्दा स्थानियबासी यति वेला जनप्रतिनिधिहरु प्रति रुष्ट भएका छन् । पर्यटकहरुको घुमफिर गर्ने मार्ग र स्थानियको दैनिकी जीवनयापन गर्ने सडक मार्गहरु जता हेर्यो उतै सडकको दुराअबस्था देखेर स्थानियहरु मात्र नभई पर्यटकहरु समेत दुःखित र चिन्तित हुन थालेका छन् ।

स्वदेशी तथा विदेशीको प्रायः पहिलो रोजाईमा पर्ने पर्यटकीय गन्तव्य पोखरामा सामान्य भन्दा पनि सामान्य अबस्थाका सडक तथा पर्यटकीय मार्गहरुको समयमै मर्मत तथा संहार गर्न नसक्दा पोखराले कायम गरेको साख नै गुम्ने अबस्थामा पुग्ने हो की भन्ने पोखरेलीले चिन्ता गर्न थालेका छन् । पोखराका मेयर धनराज आचार्यले निर्वाचित भए लगतै पोखरामा २४ घण्टा भित्र देखिएका खाल्डा खुल्डी पुर्ने प्रतिवद्धक्ता व्यक्त गरे पनि हाल त्यो व्यवहारमा लागु गर्न नसक्दा गफमा परिणत भएको सतहमा बहस गर्न थालिएको छ ।

जनताले कर मात्र तिर्नुको विकल्प छैन तर जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकारका विभिन्न निकायहरु यसमा उदासिन हँुदा जनप्रतिनिधिहरु प्रति जनताको दुरी बढ्न थालेको छ । फेवातालको किनारमा विहानको समयमा होस या दिउँसो र बेलुका नै किन नहोस यहाँ हिडडुल गर्ने हजारौं पर्यटकको सङख्या देखि स्थानियले सास्ती भोग्नु परेको छ भने दैनिकजसो दुर्घटना हुने गरेको छ ।

कुनै दिन मानिसहरुको सडक दुर्घटनाले मुत्युवरण गर्नु पर्ने दिन नआउला भन्न सकिदैन् । पोखरा जस्तो शहरलाई सबैको लोभलाग्दो र सफा सुन्दर अनि सबैको आकषर्णको केन्द्र बनाउनु के हाम्रो दाहित्व होइन, खै हाम्रा जनप्रतिनिधिहरु यस्ता बिषयमा कहिलेसम्म मौन बस्ने ? सानो खर्चमा हुने सडक मर्मत संहार जति ढिला गर्यो उतिनै आर्थिक भार बढ्ने देखिन्छ । यसमा जनप्रतिनिधिहरु आफ्नो उत्तरदाहित्व बोध गर्नुपर्ने टट्कारो आवश्यक छ ।