पोखरामा सोमबार महाकमेडी विथ महाजात्रा हुने, चर्चीत हाँस्यकलाकारको उपस्थिति हुने

-


     पोखरा क्लिक     
     फागुन २२ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

पोखरामा भोली (सोमबार) महाकमेडी विथ महाजात्रा हुने भएको छ । महाकमेडी विथ महाजात्रा साँझ सभागृह हलमा आयोजना गरिने तयारी गरिएको निर्देशक विशाल भण्डारीले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

उक्त कार्यक्रममा चर्चीत हाँस्यकलाकार हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत सहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ लगायतको प्रस्तुति रहने भण्डारीले जनाउनु भयो ।

दर्शकहरुलाई सहर—सहरमा पुगेर हसाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक भण्डारीले जनाउनु भयो । टिभीमा जोडिन नपाएका दर्शकहरुले प्रत्यक्ष रुपमा कार्यक्रम हेर्न पाउने उहाँले जनाउनु भयो । दीपाश्री निरौलाले कमेडी च्याम्पिएनका कारण नेपालमा नयाँ हाँस्यकलाकारहरुले अवसर पाएको दाबी गर्नु भयो । पोखराका दर्शकसँग प्रत्यक्ष रुपमा महाकमेडी विथ महाजात्रा मार्फत जोडिन पाउँदा खुशी लागेको बताउनु भयो ।

पोखराको कार्यक्रमका लागि सहकार्य गरिरहेको पर्यटन व्यवसायी महिला संघ (टेवान) की अध्यक्ष कमला गिरीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छेकोमा महाकमेडी विथ महाजात्रा कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमका लागि प्रवेश शुल्क ५ सय रुपैयाँ रहेको छ । खल्तीबाट समेत टिकट काट्न सकिने आयोजकले व्याबस्था गरेको छ । पोखरा बासीका लागि महाकमेडी विथ महाजात्रा महत्वपूर्ण रहेको अध्यक्ष गिरीले जनाउनु भयो । कार्यक्रमलाई सफल पार्न पोखरा महानगरपालिकाले समेत सहकार्य गरेको छ ।