
पोखरा २०, फागुन
कास्कीको मादीगाउँपालिका वडा नं. १ खिलाङका महिलाहरुलाई ३ दिने नेतृत्व विकास तालिम प्रदान गरिएको छ । वडा नं. १ को आयोजनामा बुधबार देखि सुरु भएको उक्त तालिम औपचारिक रुपमा शुक्रबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै वडा नं. १ का वडाध्यक्ष देविजंग गुरुङले ग्रामिण क्षेत्रका अधिकांश महिलाको दिनचर्या चुलोचौको र घरधन्दामै वित्ने गरेको र त्यहि दैनिकीलाई माथी उठाएर नेतृत्व दायीभुमिकामा सक्षम बनाउन प्रयास स्वरुप ३ दिने तालिमको आयोजना गरिएको बताए । उनले वडा नं. १ का वडाबासीले आफुलाई जिताएर पठाएकोले वडाभित्रका हरेक समस्याको सम्बोधन गर्नु आफ्नो कर्तव्य भएको बताए । उनले अवसर,सम्भावना र सेवालाई समान रुपले वडाभित्रका प्रत्येक समुदाय र भुगोलमा पु¥याउन हरपल पर्यत्न गरिरहेको बताए ।
सोही अवसरमा खिलाङ आमा समुहका अध्यक्ष सुकुनादेवी गुरुङले आफ्नो परिचय भन्न पनि लजाउने खिलाङका महिलाहरुको समस्यालाई सम्बोधन गरि ३ दिने नेतृत्व तालिम आयोजना गरेकोमा धन्दवाद दिनुका साथै आगामीदिनहरुमा सिपमुलक तालिमहरु प्नि प्रदान गर्न आग्रह गरिन् । उनले खिलाङका महिला मेहनती र सिपयुक्त भएकोले यसलाई व्यवसायसंग जोड्न आवश्यक रहेको बताईन् ।
सोहीअवसरमा ६९ वर्षकी चिजकुमारी गुरुङले सुरुको दिनमा जीवनमै पहिलो पटक अगाडी आएर माईक समाएर बोल्दा डर लागेको तर अहिले आफ्नो परिचय सम्म भन्न सक्ने आत्मविश्वास बढेकोमाखुसि व्यक्त गरिन् । त्यसैगरि अर्का प्रशिक्षार्थी रविना विकले महिलाहरु बोल्न नसक्दा घरेलु हिंसा,सामाजिक हिंसा,लैङगिक हिंसाको शिकार हुने भएकोले तालिमबाट हामी आफ्ना कुरा व्यक्त गर्ने सक्ने हुनुपुर्दछ भन्ने महसुस भएको बताईन् ।
दलित र गुरुङ समुदायका गरि ५० जनाभन्दा बढी सहभागी महिलाहरुलाई दुर्गा रानामगर र कविता घर्तीमगरले प्रशिक्षण दिएका थिए । समुहका सचिव डिलमाया गुरुङले सञ्चालन गरेको समापन कार्यक्रममा वडा सदस्य प्रेम बहादुर गुरुङ,माया भुजेल लगाएत को उपस्थिती रहेको थियो ।





