लायन्स क्लब अफ पोखरा डल्फिनको अध्यक्षमा गोबिन्द खड्का

-


     पोखरा क्लिक     
     फागुन १३ गते २०८० मा प्रकाशित


पोखरा १३, फागुन

लायन्स क्लब अफ पोखरा डल्फिनको आगामी बर्ष सन् २०२४÷०२५ को लागि गोबिन्द बहादुर खड्का नेतृत्वको नयां कार्यसमिति चयन भएको छ ।

लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लव अफ पोखरा डल्फिनको हालै पोखरामा सम्पन्न भएको कार्यम्रममा खड्का नेतृत्व नयाँ कार्यसमिति चयन भएको हो ।

त्यसै गरी लायन्स क्लब अफ पोखरा डल्फिनको द्वितिय उपाध्यक्षमा शेर बहादुर राना, तृतिय उपाध्यक्षमा लायन खिमलाल बरालि, सचिवमा गणेश बहादुर थापा, कोषाध्यक्षमा वामदेव पौडेल, सह– सचिवमा शिवराज रेग्मी, सह कोषाध्यक्षमा योगेन्द्र राज भण्डारी निर्वाचित भएका हुन्। कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष खड्काले समाज परिवर्तनमा आफ्नो कार्यकालमा समाजमा विभिन्न सामाजिक कार्य गर्ने जनाए ।



This will close in 20 seconds