पत्रकार रन्जितद्वारा मञ्चको अक्षकोषका लागि रकम हस्तान्त्रण

-


     पोखरा क्लिक     
     फागुन ११ गते २०८० मा प्रकाशित


पोखरा ११, फागुन

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । शुक्रबार पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका विच रु २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका हुन् ।

रञ्जितले हालै एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा स्पेशल अवार्ड सहित प्राप्त गरेको पचास हजार नगद सहितको पुरस्कारबाट प्राप्त रकम मध्यबाट मञ्चले सञ्चालन गर्न लागेको अक्षकोषमा जम्मा हुने गरि उक्त रकम हस्तान्त्रण गरेका हुन् । मञ्च गण्डकीले आगामी एक बर्ष भित्रमा दश लाख अक्षयकोष पुर्याउने अध्यक्ष बरालले बताउदै आएका छन्। अध्यक्ष बरालले यस अघि उक्त कोषमा दश हजार सहयोग गरेको सचिव शशिकुमार पौडेलले बताए ।

रकम हस्तान्तत्रण कार्यक्रममा मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, पूर्व अध्यक्ष केशव पाठक, सचिव पौडेल, सदस्य रोहितराज पराजुलीको सहभागिता रहेको थियो ।

यस्तै रञ्जितले सोही पुरस्कार मध्य केही रकम थप गरी सहारा आधारभूत प्रा.वि. पृथ्बीचोकलाई ३० हजार बराबरको सहयोग गरेका छन् । बिद्यालयका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीलाई उक्त रकम बराबरको चेक नै रञ्जितले सहयोग हस्तान्त्रण गरे ।



This will close in 20 seconds