बिषय बस्तु राम्रोसंग नबुझि लाइक तथा शेयर नगर्न मन्त्री सिंखडाको आग्रह

-


     पोखरा क्लिक     
     फागुन ८ गते २०८० मा प्रकाशित


पोखरा ८, फागुन

गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले अनलाईन तथा सामाजिक संजालमा आएका बिषय बस्तु राम्रोसंग नबुझि लाइक तथा शेयर नगर्न आग्रह गर्नु भएको छ । मंगलबारदेखि पोखरामा सुरु भएको लैगिक समानता तथा समावेसीकरणको नीति र यसको कार्यान्वयन बिषयक छलफल कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सिंखडाले पछिल्लो समयमा नकरात्मक कुराको बढी चर्चा हुने गरेको उल्लेख गर्दै अनलाइन संचार माध्यम तथा सामाजिक संजालमा आएका बिषय बस्तुहरु राम्रोसंग नबुझी लाइक तथा शेयर नगर्न उहाँले आग्रह गर्नु भएको हो ।

समाजमा रहेको विकृती कसरी हटाउन सकिन्छ त्यस तर्फ समाजको सचेत बर्ग लाग्नु पर्ने समय आएको बताउदै मन्त्री सिंखडाले अधिकार दुरुपयोग नगरी जिम्मेवार नागरिक बन्न सुझाव दिनु भयो । समावेसी र समानताको बिषयमा महिला तथा पुरुष दुबै आ—आफ्नो स्थानमा जिम्मेवारी पूरा गर्न उहाँले आग्रह गर्नु भयो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले समानता र समावेसीकरण शहर केन्द्रित सम्रान्त परिवारमा केन्द्रित भएको दाबी गर्नु भयो । संचारिका समुहका केन्द्रिय पूर्व अध्यक्ष निर्मला शर्माले लैगिक समानता र समावेसीकरणमा हुने भौतिक उपस्थितीले परिवर्तन गराउन सुरु भएको बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका मानव अधिकार अधिकृत टंक खनालले समाजमा अझै पनि सामाजिक विभेद रहेको दाबी गर्नु भयो ।

संचारीका समुहका अध्यक्ष बिमला तिम्खेवाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पवित्रा सुनार, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्ययक्ष जमुना शर्मा बर्षा, सचिव माधव बराल, समुह गण्डकीका अध्यक्ष कविता श्रेष्ठ कार्यक्रम संयोजक निरेश चापागाई लगायतले वोल्नु भएको थियो । उक्त कार्यक्रममा प्रदेशका ९ जिल्लाका करिब ३० जना संचारकर्मीको सहभागिता रहेको सहभागिता रहेको संचारिका समुहले पोखराक्लिकलाई जनाएको छ ।



This will close in 20 seconds