नव आर्दशको रक्तदानमा ३० युनिट रगत संकलन

-


     पोखरा क्लिक     
     फागुन ७ गते २०८० मा प्रकाशित


पोखरा, ७ फागुन

नव आर्दश सामुदायिक विकास समाज पोखरा–१६ लामाचौरले आयोजना गरेको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । समाजले आयोजना गरेको २४ औं रक्तदानमा २९ पुरुष र १ महिलाले रक्तदान गरेका हुन ।

७४ औं प्रजातन्त्र दिवसको अवसरमा एल सी ब्रर्दश युनाईटेडको विशेष सहयोग तथा यूवा रेडक्रस सर्कल गण्डकी बोडिङ स्कुल, ईन्द्रराज्य लक्ष्मी मा.विकोे सहकार्यमा भएको कार्यक्रममा प्रमुख अतिथी समाजका आजिवन सदस्य डा किरण आचार्यले पहिलो रक्तदाता कार्य समिति सदस्य राजकुमार पौडेललाइृ व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमु्ख अतिथी आचार्यले नव आर्दश हरेक गतिविधि उत्कृष्ट रहेको बताउँदै आगामी दिनमा पनि मानविय सेवा केन्द्रित कार्यक्रम गर्न सुझाव दिए ।

कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पोखरा १६ का सदस्य मञ्जु बस्याल, पोखरा १९ का सदस्य दुर्गादेवी वस्नेत लगायतले स्वस्थ जीवनका लागी रक्तदान महत्वपुर्ण रहेको बताए । समाजका अध्यक्ष स्वागतमान सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं समाजका द्वितीय उपाध्यक्ष थिर वहादुर थापाले स्वागत र सहसचिव हरि थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।



This will close in 20 seconds