प्रदेश सांसद विन्दुकुमार थापाको यस बर्षको पनि सबै तलब भत्ता सामाजिक कार्यमा खर्च

-


     पोखरा क्लिक     
     माघ २७ गते २०८० मा प्रकाशित



पोखरा, २७ माघ

गण्डकी प्रदेश सभा सदस्यविन्दुकुमार थापाले यस बर्ष पनि प्रदेश सरकारबाट प्राप्तगरेको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन् । गण्डकी प्रदेश सरकारको पूर्व कानुन, संचार तथाप्रदेशसभामामिलामन्त्रीथापाले २०७९ पुस २५ गतेदेखि हालसम्मप्राप्त गरेको तलबभत्तामाथप गरी विकास निर्माण र सामाजिककार्यमाखर्च गरेकाहुन् । उनले विभिन्नशिर्षकमा११ लाख१२ हजार ६ सय ५ रुपैयाँसहयोग गरेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

नेपालप्रेसयुनियन, कास्कीको समन्वयमागरिएको पत्रकार सम्मेलनमाउनले प्रदेशको दोस्रो कार्यकाल सुरु भएपछि अहिलेसम्मवैठकभत्ता, मासिकपारिश्रमिक र अन्य सुविधासहित बैंक खातामा८ लाख९६ हजार १ सय ६० रुपैयाँजम्माभएको जानकारी दिए । त्यसमा२ लाख १६ हजार ४ सय ४५ रुपैयाँथप गरी खर्च गरिएको नेपालीकांग्रेसको गण्डकी प्रदेशसभा संसदीयदलको उपनेतासमेत रहेकाथापालेबताए ।

खर्च सार्वजनिकगर्दै सांसद थापाले राजनीतिआफ्नालागि सेवाभएको र यसलाई पेशाको रुपमानलिएको बताए । कास्की क्षेत्र नम्बर २ ‘ख’ बाट दोस्रो कार्यकालको लागि गण्डकी प्रदेशसभाप्रतिनिधित्व गरेकाथापालेसांसदको रुपमा अघिल्लो कार्यकाल केहीसिक्ने, कानूननिर्माण गर्ने, थितिबसाल्ने र जनताकाचाहनाअनुसारकाविकास निर्माणमा सहजीकरण गर्दैमाबितेको बताए । अघिल्लो कार्यकालमाप्राप्तवैठकभत्ता, मासिकपारिश्रमिक र अन्य सुविधा सबै विकास निर्माण र सामाजिककार्यमाखर्च गरेको सांसद थापाले बताए ।

अघिल्लो कार्यकालको निरन्तरता यो कार्यकालमादिएको उनले सुनाए । ‘निस्वार्थ रुपले गरिने जनताको सेवा नै जनप्रतिनिधिको मुलध्येय हुनुपर्छ र राज्यकोषको दोहनवा दुरुपयोगबाट जनप्रतिनिधि टाढै रहनुपर्छ,’ उनले भने,‘यही सन्दर्भमा, प्रदेशसभा सचिवालयबाट २०७९ सालपौष २५ गतेदेखि हालसम्म बैठकभत्तादेखि मासिकपारिश्रमिक र अन्य सुविधासमेतमाथप गरीविकास निर्माण र सामाजिककार्यमाखर्च गरि यो कार्यकालमापनिनिरन्तरतादिएको व्यहोरा यहाँहरु समक्ष राख्न चाहन्छु ।’उनले गण्डकी सरकार प्रदेशको समृद्धि र विकासकालागि प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।

कुन शीर्षकमा कति खर्च ?
सांसद थापाले बगाले कुल संरक्षण समितिको सामाजिकभवनबनाउन२ लाख रुपैयाँ सहयोग गरेका छन् । पोखरा २० को मौजादलित समाज, मोहोरिया भुजेल समाज र आँटिघर दलित समाजकालागि सामाजिककार्यकालागिआवश्यक सामाग्रीखरिद गर्न १ लाख रुपैयाँदिएका छन् । पोखरा ९ को विभिन्न स्थानमा सडक बत्ती जडान गर्नकालागि४५ हजार रुपैयाँ सहयोग गरेका छन् । दीप यूनाइटेड क्लबलाई ४० हजार रुपैयाँआर्थिक सहयोग गरेका छन् ।

सांसदथापाकाअनुसार उनले जाजरकोट र रुकुमको भुकम्पप्रभावितलाई राहतपनिदिएका छन् । उनले ३७हजार १ सय ५ रुपैयाँराहत सहयोग गरेकाहुन् । उनले नीजि घरमाधारा जडानका लागिपनिसहयोग गरेका छन् । जस अनुसार पोखरा १६ को कमलाविक, हिरा विक, दिपाविक, मिठु नेपालीर माया नेपालीको घरमाधारा जडानका लागि३५ हजार दिएका छन् ।

उनले पोखरा ८ एअरपोर्ट टोल विकास संस्थाको भवननिर्माण, पोखरा ११ को जन कल्याण क्लब, पोखरा ८ को फिर्के खानेपानीतथा ढल उपभोक्ता समिति, पोखरा ९ को चण्डिका मन्दिर निर्माण समिति, पोखरा ८ कीक्यान्सर बिरामीलक्ष्मी छत्कुली, सर्भेययर्स सोसाइटी, कास्की, पोखरा १६ को हिमालयक्लब र जलारी समुह, कास्कीलाई २५÷२५ हजार रुपैयाँ सहयोग गरेका छन् । पोखरा १६ को घर्ती पधेरा ठुलाटारीमापाइपखरिदकालागि२४ हजार ५ सय, जाल्पादेवीमहिला उद्धार समुहलाई धुपबनाउने तालिमकालागि २३ हजार, पोखरा १६ को जोगीमणी टोलमाखानेपानीपाइपखरिदकालागि २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी सांसद थापाले श्रृखंलाक्लबको फुटबल प्रतियोगिता, रानीपौवातायाःमचानाँच समिति, पोखरा १६ को घुरकुनाआमा समुह, पोखरा १६ कै सुकाले टोल, सोही वडाको हृययको आवाजमहिला समुहलाई २०÷२० हजार रुपैयाँआर्थिक सहयोग गरेका छन् । यस्तै मण्टेश्वरी एशोसियशनकास्कीले आयोजना गरेको मण्टेश्वरी चाइल्ड ट्यालेण्ट शो २०८०, बालाकोट युवाक्लब, महाशिलापर्वत, पोखरा ११ को जगत जननीमहिला समुह, पोखरा २० काक्यान्सर विरामीनिर्मल बास्तोलालाई पनिसांसद थापाले१५÷१५ हजार रुपैयाँआर्थिक सहयोग दिएका छन् ।

यस्तै मानव सेवाआश्रममागृह महिलाश्रमिक संघ मार्फत बाटेको धुपबनाउने प्रशिक्षण, पोखरा ११ को राधाकृष्ण टोलको सामाजिकभवननिर्माण, पोखरा १६ को कान्तिया डाँडामा सडक बत्ती जडान, पोखरा २० को यूनाइटेड क्लबभलाम, पोखरा १६ कीक्यान्सर रोग विरामीराधागायक, पोखरा ८ को माफपामपरिवार, पोखरा ४ को गोपालजीमन्दिर सेवा समिति, नेपालअर्बुद रोग निवारण संघ, पोखरा १५ काक्यान्स रोग विरामीओमबहादुर गुरुङलाई सांसद थापाले १०÷१० हजार रुपैयाँआर्थिक सहयोग गरेका छन् । विश्वहिन्दु महासंघ, नयाँबजार साँस्कृतिकसमितिको भैरव नाच र पोखरा ११ कीमुटुरोग विरामीमिठु सर्किनीलाई सांसद थापाले ५÷५ हजार रुपैयाँसहयोग गरेका छन् ।