प्रेस सेन्टर नेपालको केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् बैठक विरगञ्जमा सुरु

-


     पोखरा क्लिक     
     माघ १४ गते २०८० मा प्रकाशित


पोखरा १४, माघ

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् बैठक आइतबार देखि पर्साको वीरगञ्जमा सुरु भएको छ । सोमबारसम्म वीरगञ्जस्थित टाउन हलमा संचालन हुने बैठकमा सङ्गठनका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला अध्यक्ष सहित गरी करिब पाँच सय जनाको सहभागिता रहेको प्रेस सेन्टरले जनाएको छ।

बैठकमा पत्रकार सुद्धिकरण, पत्रकारको क्षमता विकास, सङ्गठनको साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसँगै विधान संशोधन मस्यौदा र नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचन लगायत विषयमा छलफल गरिने ‘एजेन्डा’ तय भएको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले बताउनु भयो । प्रदेशगत रुपमा समूह विभाजन गरी एजेन्डामा दफावार छलफल हुने उहाँले बताउनु भयो ।

प्रेस सेन्टर नेपालको २०औँ स्थापना दिवसका अवसरमा सोमबार वीरगञ्जमा प्रभातफेरी सहित बिषेश कार्यक्रम आयोजना गरिँदै छ । स्थापना दिवस तथा पुुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने महासचिव पौडेलले बताउनु भयो । गडण्डकी प्रदेशबाट २२ जनाको सहभागिता रहेको प्रेस सेन्टर नेपालका गण्डकीका प्रदेश महासचिव सन्तोष गौतमले बताउनु भयो ।



This will close in 20 seconds