खेलकुदको प्रबद्र्धन गर्न राखेप र गण्डकी विश्वबिद्यालय बिच सम्झौता

-


     पोखरा क्लिक     
     माघ ६ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा ६, माघ,

खेलकुद क्षेत्रको प्रबद्र्धन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) र गण्डकी विश्वबिद्यालय बिच सम्झौता भएको छ । पोखरा रंगशालामा शनिबार आयोजित एक समारोहका बिच राखेपका सदस्य सचिव टंकलाल घिसिङ र गण्डकी विश्वबिद्यालयका रजिष्टार डा.कैलाश तिमिल्सिना बिच तीन बर्षको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

खेलकुदको व्याचलर कोष समावेस गरेको गण्डकी विश्वबिद्यालयले राखेपसंगको सहकार्यमा खेलकुद क्षेत्रको थप प्रबद्र्धन गरी गुणस्तरिय शिक्षा हासिल गर्न पनि थप मद्धत पुग्ने भएको राखेप सदस्य सचिव घिसिङले विश्वास व्यक्त गर्नु भयो । त्रिभुवन विश्व बिद्यालयसंग समेत यसरी सम्झौता नगरेको अबस्थामा गण्डकीबाट सुरु भएकोउक्त अभियान अब विस्तारै अन्य प्रदेशमा समेत हुने उहाँले जनाउनु भयो। नेपालको सपना ओलम्पिकमा पदक जित्नको लागि बिद्यालयस्तरबाटै खेलकुदलाई उच्च प्रथामिकता दिदै व्याचरल हुदै खेलकुद विश्वबिद्यालयसम्म लैजानुपर्ने सदस्य सचिव घिसिङको भनाई छ ।

उहाँले बिद्यालयस्तरबाट खेलकुदको जग बसाल्न कक्षा ४ देखि १२ कक्षासम्मको लागि १०० पूर्णाङकको खेलकुद बिषयलाई समेट्ने प्रस्तावन पेश गरिएको खुलसा गर्नु भयो । स्पोट्र्स विश्व बिद्यालय स्थापना गर्नु पूर्व बिद्यालय स्तरबाटै खेलकुदको पाठ्यक्रममा समावेश गरेर मात्र जादा त्यसको उपयोगी र प्रभावकारीता हुने भएको सदस्य सचिव घिसिङले जनाउनु भयो । नेपाल खेलकुद विज्ञान प्रतिष्ठानमा हाल १५ दीन देखि एक बर्षको कोर्षहरु संचालन हुने भएको प्रतिष्ठानका निर्देशक कृष्ण तिमिल्सिनाले पोखराक्लिकलाई बताउनु भयो ।

गण्डकी विश्वबिद्यालयका डिन डा.कपिल अधिकारीले नेपालमै पहिलो पटक आफ्नो विश्वबिद्यालयमा खेलकुदको व्याचलर कोर्ष संचालन गरेको दाबी गर्नु भयो । खेलकुदमा प्राविधिक सहितको ज्ञान आवश्यक भएको उहाँको भनाई थियो ।

गुणस्तरीय शिक्षा अभिवृद्धि गर्न र फिटनेस प्रति मानसिक रुपमा सुदृढ गर्न खेलकुद सम्बन्धी गतिविधिहरू प्रवर्द्धन गर्न गण्डकी विश्वविद्यालय र राष्ट्रिय खेलकुद परिषद्–नेपाल बीच सहकार्यको लागि सम्झौता भएको राखेपले जनाएको छ । त्यसै गरी संयुक्त रूपमा खेलकुद कार्यक्रमहरू, प्रतियोगिताहरू आयोजना गर्दै जाने, खेलकुद र शारीरिक तन्दुरुस्तीसँग सम्बन्धित अनुसन्धान परियोजनाहरूमा सहकार्य गर्दै अघि बढ्ने, खेलकुद र शारीरिक फिटनेस गतिविधिहरूको लागि सुविधा र उपकरण साझेदारी, खेलकुद तथा शारीरिक तन्दुरुस्तीमा रुचि राख्ने विद्यार्थी तथा नागरिकहरूलाई तालिम र प्रशिक्षण प्रदान गर्न सम्झौतामा उल्लेख गरिएको छ । संयुक्त प्रचार अभियान मार्फत खेलकुद र शारीरिक फिटनेस प्रवर्द्धन, प्राध्यापक, शिक्षक र विद्यार्थीहरूको आदानप्रदान शैक्षिक सामग्री र प्रकाशनहरूको आदानप्रदान, कुसल खेलाडीहरूका लागि तालिम र छात्रवृत्तिको व्यवस्था र आदानप्रदान कार्यक्रम लगायतका कार्यक्रम गर्न सम्झौता भएको हो ।

विभिन्न कार्यक्रम गर्न सयुक्त रूपमा रकम निर्धारण गर्नेछन् भने अन्यथा सहमति नभएसम्म प्रत्येक पक्षले आफ्नै लागत र खर्च वहन गर्ने भएको राखेप सदस्य राजेश गुरुङले जनाउनु भयो । राष्ट्रिय खेलकुद परिषद् नेपालको खेलकुद विकासको सर्वोच्च निकाय हो । खेलकुद मन्त्रालयबाट आर्थिक सहयोग आइरहेको छ । यसले खेलकुदका लागि विकास परियोजनाहरू सञ्चालन गर्दछ । यसअन्तर्गत १५० भन्दा बढी खेलकुद संघ र ६ महासंघ आबद्ध छन् । यसमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने नारा छ । यो युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत पर्दछ ।



This will close in 20 seconds