कास्कीका स्टेशनरी व्यवसायीको गण्डकी प्रदेश अध्यक्ष देखि केन्द्रिय सचिव हुदै अध्यक्षसम्मको दाबी

-


     पोखरा क्लिक     
     पौष २३ गते २०८० मा प्रकाशित



कास्कीका स्टेशनरी व्यवसायीले गण्डकी प्रदेश अध्यक्ष देखि केन्द्रिय सचिव हुदै अध्यक्षसम्मको दाबी गरेका छन्। नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ जिल्ला शाखा कास्कीले सोमबार पोखराको एक पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा स्टेश्नरी व्यवसायीहरुले कास्की अन्य जिल्लाको तुलनामा क बर्गकै हैसियतमा रहेको उक्त संस्थाका संस्थापक अध्यक्ष कास्की भएको नाताले कास्कीले उक्त पदको दाबी गरेको बताइएको हो ।

महासंघको केन्द्रीय अध्यक्षका प्रत्यासी ऋषिराम शर्मा, केन्द्रिय सचिवमा मोहन प्रसाद सापकोटा र प्रदेश अध्यक्षमा कृष्ण प्रसाद पोखरेलले उम्मेदवारीको घोषणा सहित संस्थागत विकास र गुणस्तरिय स्टेशनरी तथा पुस्तक उत्पादन, वितरण गर्ने जनाउनु भएको छ । ७२ जिल्ला हाल करिब १५ हजार व्यावसायि रहे पनि महासंघमा आबद्ध करिक १२ हजार जना व्यवसायीहरु रहेको जसमध्य कास्की क बर्ग एकै जिल्लामा ३ सय व्यवसायीहरु रहेको अध्यक्षका प्रत्यासी शर्माले बताउनु भयो ।

संस्थाको स्थापनाकाल देखि मस्यौदा समिति देखि सदस्य, सचिव र उपाध्यक्ष समेत भएकोले आउदो फागुन १८ र १९ गते हुने केन्द्रिय महाधिवेशनमा आफ्नो स्वभाविक अध्यक्षतामा दाबी गर्ने शर्माले जनाउनु भयो । केन्द्रिय सचिवका उम्मेदवार सापकोटाले व्यवसायीहरुलाई लक्षित गरी बिमा कार्यक्रम, स्वास्थ्यमा यूआरएलसंग सम्झौता गरी ३० प्रतिशत छुट, व्यवसायीहरुको हकहितमा लाग्दै आएको जनाउनु भयो ।

गण्डकी प्रदेशमा भने मनाङ र मुस्ताङ बाहेक अन्य जिल्लामा व्यवसायीहरु रहेको प्रदेशको अध्यक्षका प्रत्यासी पोखरेलले बताउनु भयो । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको तेश्रो अधिवेसन आउदो माघ २० गते पोखरामा हुने भएको छ । महासंघ कास्कीका अध्यक्ष कपिन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यम्रममा सचिव संजय आचार्यले देशका अन्य जिल्लाको तुलनामा कास्कीमा स्टेशनरी व्यवसायीहरु धेरै भएकोले कास्कीबाट महासंघमा महत्पूर्ण पदमा उम्मेदवारी दिन लाग्नु भएको दाबी गर्नु भयो ।



This will close in 20 seconds