माओबादीको मादीमा प्रशिक्षण, बिकासे मुद्धामा चनाखो हुन आग्रह

-


     पोखरा क्लिक     
     पौष ११ गते २०८० मा प्रकाशित


पोखरा ११, पुष

नेकपा माओबादि केन्द्र मादिगाउँ पालिकाको पालिका स्तरिय एक दिने प्रशिक्षण कार्यक्रममा बिकासे मुद्धामा बिषेश चासो राख्न जोड दिइएको छ । नेकपा माओबादि केन्द्र मादिगाउँपालिकाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि नेता तथा कार्यकर्ताले उक्त कुरामा जोड दिएका हुन्।
राज्यका तीन तहका सरकारले गरेका काम कारवाहीको राम्रोसंग अनुगमन र नियमन गर्दै बिकासे मुद्धामा बिषेश चासो राख्न आग्रह गरिएको उक्त प्रशिक्षणमा आग्रह गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति कास्किका पार्टी ईन्चार्ज नेत्रनाथ अधिकारी, विशेष अथिति मादि गाउपालिका ईन्चार्ज केन्द्रीय सदस्य धना गुरुङ, विशेष अथिति महानगर ईन्चार्ज पारसमणि पौडेल, प्रर्देश सदस्य लाल बहादुर गुरुङ, कास्की जिल्ला संमन्वय संयोजक केसब पौडेल, समन्य सदस्य भोजराज भुर्तेल, प्रर्देश सदस्य कृर्ति लामिछाने, मादी गाउँपालिका वडा न १२ का वडा अध्यक्ष कृष्ण दाहाल, ७ का अध्यक्ष दुर्गा गुरुङ, प्रर्देश कमिटि सदस्य अलिसा थापा लगायतको उत्साहजनक रुपमा सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य प्रर्देश कमिटि सदस्य मित्र तमुले गरेका थिए भने संचालन मादिका अध्यक्ष तोरण गुरुङले गरेका थिए । मादि गाउपालिका अध्यक्ष तोरण गुरुङ ले गाउँपालिकाले कार्यकर्ताको क्षमता बिकास गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।

 



This will close in 20 seconds