पुस १० मा प्रदर्शनी केन्द्रमा ख्रीष्टमश महोत्सव हुने

-


     पोखरा क्लिक     
     पौष ९ गते २०८० मा प्रकाशित


पोखरा ९, पुष

पुस १० गते पोखराको प्रदर्शनी केन्द्रमा ख्रीष्टमश महोत्सव हुने भएको छ । मेलामा शुभकामना आदानप्रदानका लागि विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ । “सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरुसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति” भन्ने मूल नारासहित महोत्सव हुन लागेको हो ।

महोत्सवमा येशू ख्रीष्टको जन्मोत्सवको अवरमा पोखराका चर्च सदस्यबीच शुभकामना आदानप्रदानको लागि महोत्सव आयोजन हुन लागेको हो । महोत्सवमा चर्चित गायक कर्णदास, अमृत पुन, लिलि रसायली, जोएल खड्का, पिटर थापा, प्रेम तामाङ, अनुज कुलुङ, द गोस्पल र जमार ब्याण्डको बेजोड प्रस्तुती रहने छ । महोत्सव स्थलमा बिहान बिहान १० बजेदेखि ४ बजेसम्म विभिन्नगीत, संगीत नृत्य साथै विभिन्न स्टल रहने छ ।

“प्रभु येशूको जन्मोत्सवको पावन असरमा पोखराभरिको चर्चबाट शुभकामना आदानप्रदान गर्न हामी जम्मा हुनेछौँ,” मेला संयोजक सञ्जिव थापाले भने, “मेलामा उपस्थिति भएर शुभकामना आदानप्रदान गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछौँ ।”



This will close in 20 seconds