पोखरामा अभद्र व्यवहार गर्ने तथा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्ने दश जना पक्राउ

-


     पोखरा क्लिक     
     पौष ४ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा ४, पुष

पोखरामा अभद्र व्यवहार गर्ने तथा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्ने दश जना पक्राउ परेका छन्। पोखरा ६ लेकसाईडमा बिदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागी दवाव दिने यदि नमानेमा बाटोमा हिड्ने पर्यटक तथा मानिसहरुलाई हैरानी गरी आतङ्कित पारेको भन्ने गोप्य सूचनाको आधारमा र केहीले स्थानिय एवं प्रहरी माथि अभद्र व्यवहार गरेका दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार बि.क.ले बताउनु भयो । उहाँका अनुसार वडा प्रहरी कार्यालय वैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले लेकसाईडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्ने सहित विभिन्न कसुरमा संलग्न भएका र अभद्र व्यवहारमा मुद्दा चलाईएको छ ।

पोखरा लेकसाइडको बिजिवि गल्लीमा समुह बनाई नशालु पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिडिरहेको अवस्थामा पोखरा १६ दिपका २० बर्षीय डिलन श्रीष मगर, कास्की माछापुछ्रे गाउँपालिका ५ का २० बर्षीय सन्देश बि.क., पोखरा ६ ठाडोपसल वस्ने ३० बर्षका सुरेश थापा, पोखरा ६ जरेवर वस्ने २९ वर्षका महेन्द्र भण्डारी र गोरखा भिमसेन गा.पा. ८ वस्ने ३२ वर्षका सुरेश थापा सहित ५ जानालाई सम्झाउनदा नमाले पछि उल्टै डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई अपशव्द प्रयोग गरी विवाद गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसै गरी पुष ३ गते मंगलबार विहान पोखरा ६ लेकसाईड स्थित स्ट्रिट नं. ४ अगाडी सडकमा मादक पदार्थ सेवन गरी मर्निङ वाकमा हिडिरहेका महिलाहरुलाई अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको अबस्थामा स्थानीयवासीले सम्झाउदा उल्टै हातपात गरी घाईते वनाउने वाग्लुङ नगरपालिका वडा नं. १२ घर भई हाल पोखरा ६ वस्ने २७ बर्षका डेविड भन्ने डिल्ली प्रसाद पौडेल समेत पक्राउ परेको डिएसपी बि.क.ले जनाउनु भयो ।

त्यस्तै सोमवार लेकसाईडमा मादक पदार्थ सेवन गरी होहल्ला गरी अशान्ति फैलाउने जिल्ला बाग्लुङ काठेखोला गाउँपालिका वडा नं. ५ घर भई हाल पोखरा ५ मालेपाटन बस्ने २६ बर्षका बिक्रम थापा, स्याङ्जा गल्याङ नगरपालिका वडा नं.१ घर भई हाल पोखरा १४ काजिपोखरी बस्ने ३१ बर्षका आशिष थापा, पुष २ गते सोमवार वेलुका पोखरा ९ चाईनापुल स्थित शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा सोधपुछ गर्दा उल्टै प्रहरी माथि नै अपशव्द प्रयोग गर्ने पोखरा १४ का ३२ बर्षीय शिब बहादुर कार्की र पोखरा ०९ बस्ने २७ बर्षका शंकर भुजेललाई छुट्टाछुट्टै अभद्र व्यवहार सम्वन्धी कसुरमा मंगलबार नै जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलोपटक दिन सातको म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।



This will close in 20 seconds