पोखरामा पाँचौ युनिप्स खेल महोत्सव मंसिर ११ गतेबाट सुरु हुने

-


     पोखरा क्लिक     
     मंसिर ९ गते २०८० मा प्रकाशित


पोखरा ९, मंसिर

पोखरामा पाँचौ युनिप्स खेल महोत्सव यहि मंसिर ११ गतेबाट पोखरा रंगशालामा सुरु हुने भएको छ । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था ९युनिप्स नेपाल०को आयोजनामा हुने पोखरा रंगशालामा सञ्चालन हुने उक्त खेल महोत्सव मंसिर १६ गते सम्म सञ्चालन हुनेछ । महोत्सव अन्तर्गत छात्ररछात्रा भलिबल, छात्र फुटबल, छात्रारछात्रा खोखो, कवड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने युनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङले जानकारी दिएका छन् ।

प्रतियोगिता अन्तर्गत मावी स्तरिय ९कक्षा ९–१००,छात्र फुटबल छात्ररछात्रा मावी स्तरिय भलिबल, मावीस्तरिय छात्रा खोखो, आधारभुत तह ९कक्षा १–५० छात्ररछात्रा कवड्डी, एथलेटिक्स छात्ररछात्रा सबै तह अन्तर्गत हुने खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जनाएका छन् ।

औनपचारिक रुपमा मंसिर ११ गतेबाट प्रतियोगिता सञ्चालन हुने भए पनि उद्घाटन भने मंसिर १४ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने सुवेदीले जानकारी दिए । कोभिडका कारण विगत तिन वर्ष देखि युनिप्स खेल महोत्सव स्थगित रहेको थियो ।



This will close in 20 seconds