पोखरामा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड सुरु (फिचरफोटो)

-


     पोखरा क्लिक     
     मंसिर ९ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा ९, मंसिर

पोखरामा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्त दौड आज बिहान देखि सुरु भएको हो।

उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, नेपालका लागि चिनियाँ राजदूत छनसङ्, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संयुक्तरुपमा गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले चिनियाँ दूतावासको सहयोगमा पोखरामा आयोजित ‘ड्रागन बोट फेस्टिबल’बाट पनि पोखराको प्रचार–प्रसारमा सकारात्मक भूमिका निर्वाह भएको उल्लेख गर्दै यस प्रतियोगिताले पनि पोखराको खेल पर्यटन प्रबद्र्धन हुने दाबी गर्नु भयो । उक्त प्रतियोगितालाई निरन्तरता दिनको लागि आग्रह गर्दै आवश्यक सहयोग गर्न सरकार तयार रहेको उहाँको भनाई थियो ।

हालै चीन र नेपालबीचको कोरोला नाका सञ्चालन भएको, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नति जारी रहेको र चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन भएपछि पोखरा पर्यटकीय पूर्वाधारका हिसाबले सशक्त सहर बनेको मुख्यमन्त्रीले बताउनुभयो । नयाँ विमानस्थललबाट अन्तर्राष्ट्रिय उडान गर्दै यस क्षेत्रको पर्यटनलाई चलायमान बनाउन चिनियाँ सरकार समक्ष उहाँले आग्रह गर्नु भयो ।

नेपालका लागि चिनियाँ राजदूत छनसङ्ले पर्यटकीयस्थल पोखरामा यसअघि नेपाल चीन ड्रागन बोट फेस्टिबल सम्पन्न भइसकेको बताउँदै त्यसले पोखरामा चिनियाँ पर्यटकलाई आकर्षित गरेको जनाउनु भयो । नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धलाई मजबुत बनाउन यस्ता प्रतियोगिताले सहयोग गर्ने उहाँको भनाई छ । दुई देशबीचको आसपी सहयोग अभिवृद्धिका लागि प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गर्दै चिनियाँ राजदूतले यस्ता प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिने जनाउनु भयो ।

यसैबिच बिहानबाट सुरु भएको अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली राष्ट्रिय खेलाडी नवौं राष्ट्रिय खेलकुद अन्र्तगत ट्रायथलनमा स्वर्ण पदक विजेता खेलाडीहरुको एउटा टिम समेत सहभागि भएको छ । उक्त टिममा नेपाली सेनाका दुई पुरुष खेलाडी हुनु हुन्छ भने अर्को काठमाण्डौंको सेन्जिविएस स्कुलकी छात्रा सहभागि हुनुहुन्छ ।

साउथ एसियन गेम्समा रजत तथा कास्य पदक विजेता नवौं खेलकुदमा समेत स्वर्ण पदक विजेता नेपाली सेनाका बसन्त थारु, काठमाण्डौं सेन्जिविएस स्कुलकी छात्रा नवौं राष्ट्रिय ट्रायथलनमा स्वर्ण पदक विजेता श्रेवी मर्हजन र नर्वौ राष्ट्रिय खेलमा स्वर्ण पदक विजेता मुकेश थारु ४० किलोमिटरको अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागि हुनु भएको हो ।
उक्त प्रतियोगिताको लागि करिब एक साता मात्र तयारी गरेको वसन्त थारुले बताउनु भयो । आफुहरुलाई यस रुटमा पहिलो पटक भएकोले केही कठिनायी हुन सक्ने उहाँले बताउनु भयो । आफुहरुले सकेसम्मको उत्कृष्ट प्रर्दशन गर्ने रणनितीमा भएको मुकेस थारुले एटुजेडलाई बताउनु भयो । पहिलो पटक टिममा सहभागि भएर उक्त दौडमा सहभागि हुन पाउदा निकै खुसि लागेको श्रेवी महर्जनले बताउनु भयो । रमाइलो गर्दै उपाधि जित्ने तयारी गरेको उहाँहरुले बताउनु भयो ।

उक्त विधामा चिनिया ३ टिम र नेपालको ११ टिम सहभागि भएको उक्त प्रतियोगिताका खेलाडी दर्ता विभाग एवं पुरस्कार वितरण संयोजक गोकर्ण कार्कीले बताउनु भयो । जसमा १४ जना महिला खेलाडीहरु सहभागि हुनु भएको छ । उक्त प्रतियोगितामा करिब ४५ जना चिनिया प्रतियोगिहरु सहित करिब ६ सय जना प्रतियोगिहरु सहभागि भएको बताइएको छ । उक्त प्रतियोगिता मुख्य गरी टिम इभेण्ट, एकल र बिद्यार्थीहरुको लागि तथा अन्य सहभागिहरुको लागि भने लभ दौड आयोजना भएको हो । प्रतियोगितामा टिम इभेण्ट तर्फ ४० किलोमिटरको दुरी निर्धारण गरिएको छ भने एकल तर्फको दौडमा ३८ किलोमिटरको दुरी निर्धारण गरिएको छ । एक टिममा कम्तिमा एक महिला वा पुरुष अनिवार्य गरिएको छ भने एक टिममा ३ जना हुनुहुने छ । टिम इभेण्टमा दौड १७ किलोमिटर, २२ किलोमिटर साइक्लिङ, र १ किलोमिटर डुंगा दौड गरी ४० किलोमिटरको दुरी निर्धारण गरिएको हो ।

पउक्त प्रतियोगिता पोखरामा दोश्रो पटक भएको नेपाल चिन मैत्रि संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनु भयो । उक्त प्रतियोगिताले पोखराको खेल पर्यटनको प्रबद्र्धनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । त्यरै गरी पोखराको बराहीघाट देखि सुरु भएको दौडमा डेभिडफल्स, फुर्सेखोला, मट्टिखान रिसोर्ट, कुभिण्डे भञ्याङ्ख, उल्लेरि, भुम्दी, ओख्लेडाँडा, लुकुन्स्वाँरा, पुम्दीकोट, शान्ति स्तुपाः गौरी प्रा.वि., फेवाताल पारी लिचिवोट हुदै पुनः बाराही घाटसम्मको दुरी तय गरिएको छ । प्रतियोगिताको मुख्य इभेन्टका लागि चीनबाट खेलाडी सहितको एक टोली बिहिबार पोखरा आएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले एटुजेडलाई बताउनु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन एयरले चाटर्डबाट खेलाडी सहित ९५ जनाको टिम चाइनाको कुनमिङ शहरबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

त्यसै गरी एकल तर्फको इभेण्टमा भने ३६ जना चिनिया धावक र ४० भन्दा बढी नेपाली धावकहरु सहभागि हुनु भएको छ । एकल तर्फ ३८ किलोमिटर दौडमा ३६ जना चिनिया, ४० जना नेपाली धावकहरु सहभागि भएको कार्कीले जनाउनु भयो । छात्र छात्रा तर्फको ५ किलोमिटर दौडमा ४ सय २४ जना सहभागि हुनु भएको छ भने ३ किलोमिटरको लभ रनमा एक सय बढी सहभागि हुनु भएको थियो ।
प्रतियोगितामा नेपाल भुतपूर्व खेलाडी मञ्च र युनान प्रदेश खेलकुद ब्युरो प्राविधिकको रुपमा रहनेछन् भने चीनबाट १६ जना चिकित्सक सहितको स्वाथ्यकर्मीको टोली समेत रहनु भएको छ । उक्त प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद, नेपाल ट्रायथलन संघ, चिनको कुन्मिङ्ग शहरका ५ वटा संघ संस्थाहरुको सहयोग भएको छ ।

टिम इभेन्ट विजेताले ३ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले दुई लाख ८८ हजार, तेस्रो हुनेले दुई लाख १६ हजार, चौथो हुनेले एक लाख ४४ हजार र पाचौँ हुनेले ९० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै एकल तर्फको विजेताले एक लाख ४४ हजार, उपविजेताले एक लाख आठ हजार र तेश्रो हुनेले ५४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो देखी सातौं स्थानसम्म आउनेले १८ हजार र आठौं देखी दशौंसम्मले ९ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ५ किमि विद्यार्थी ( छात्र÷छात्रा) दौड प्रतियोगिताको विजेताले समान २५÷२५ हजार रुपैयाँ पाउनेछन् । दोस्रोले बीस हजार तेस्रोले १५ हजार, चौथोले १० हजार र पाचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उक्त प्रतियोगिताका ग्रामिण भेग व्यबस्थापन समितिका संयोजक अर्जुन पोखरेल गाउँ पर्यटन प्रबद्र्धन गर्नु पर्छ भन्ने मान्यताले गर्दा मट्टिखान देखि पुम्दी भुम्दी क्षेत्रको ग्रामिण भेगलाई उक्त दौडको रुटमा समेटिएको बताउनु भयो । बाराही घाटमा नेपाल फोटो पत्रकार संघ कास्की र चिनिया एक टोलीले फोटो प्रर्दशनी समेत गरेको संघका अध्यक्ष दुर्गा प्रसाद पौडेलले एटुजेडलाई बताउनु भयो ।



This will close in 20 seconds