भूपाल प्रज्ञापरिषदबाट भूकम्प पीडितलाई १० लाख

-


     पोखरा क्लिक     
     कार्तिक २२ गते २०८० मा प्रकाशित


पोखरा २२, कार्तिक

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका लागि १० लाख रूपियाँ राशि प्रदान गर्ने निर्णय गरेको छ ।

भूपाल प्रज्ञापरिषद्का अध्यक्ष श्री लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा।डा।बालमानसिंह कार्कीले आजै उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रूपियाँ राशिको चेक हस्तान्तरण गर्नुभयो ।

स्मरणरहोस्— जनरल भूपालमानसिंह कार्कीबाट २०५२ सालमा एक करोड रुपियाँ राशिको भूपालमानसिंह कार्की प्रज्ञापरिषद्को स्थापना भएको थियो ।

स्थापनाकालदेखि निरन्तर एक दशकसम्म भूपाल प्रज्ञापरिषद्ले पाँच लाख रूपियाँ राशिको सार्क स्तरीय भूपालप्रज्ञा पुरस्कार लगायत साहित्य, कला, धर्मसंस्कृति, समाजसेवा, शिक्षा, खेलकुद आदि क्षेत्रमा वर्षेनी एक दर्जन पुरस्कार समर्पण गर्दै आएको थियो । त्यसपछि यो संस्था मानवीय सेवाका लागि सदैव समर्पित हुँदै आएको छ ।



This will close in 20 seconds