स्वर्गीय हमालको तेस्रो कृति ‘तेस्रो लहर’ बिमोचन

-


     पोखरा क्लिक     
     असाेज २१ गते २०८० मा प्रकाशित


पोखरा २१, असोज

तेस्रो राष्ट्रिय कला प्रदर्शनीको समापनमा स्वर्गीय गंगा बहादुर हमालको तेस्रो कृति ‘तेस्रो लहर’ बिमोचन पोखरामा सम्पन्न भएको छ । बिमोचन ठकुरी युवा परिवार कास्कीको आयोजना र नगेन आर्ट एकेडेमीको सहकार्यमा पोखराको चिप्लेढुंगास्थित घामपानी मार्केटको नगेन आर्ट एकेडेमीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा ९एमाले०का स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कार्यक्रममा ‘तेस्रो लहर’ बिमोचन गर्दै हाम्रा वरिपरिको प्रकृति नै साहित्य सिर्जना गर्न प्रेरित गर्ने खालको भएको बताउनुभयो । उहाँले नेपाली भाषालाई एउटै सुत्रमा बाध्ने कार्य गरेको भानुभक्तलाई र नेपाल एकिकरण गर्ने राजा पृथ्विनारायणलाई स्मरण गर्नुभयो ।

अधिकारीले सबै कविहरुलाई स्मरण गर्दै भाषा र नेपाल एकिकरण गर्नुहुनेप्रति कवि हमालले सम्मान गरेको बताउदै कविको राजनिति प्रति लगाब रहेको तर राजनिती सफा र जनसेवामा हुनु पर्ने हमालले कबिता मार्फत व्यक्त गरेको बताउनुभयो ।
सृजनशिल लोकतान्त्रिक प्रतिष्ठानको अध्यक्ष साहित्यकार विष्णु प्रसाद शर्माले स्वर्गीय गंगा बहादुर हमालको तेस्रो कृति ‘तेस्रो लहर’ को समिक्षा गर्नुभएको थियो ।

त्यस्तै लघु कथा प्रतिष्ठानको अध्यक्ष साहित्यकार लक्षण थापाले स्वर्गीय गंगा बहादुर हमालको जिवनीको बारेमा बताउनुभएको थियो ।
त्यसैगरि पोखरा महानगरपालिका वडा नं। १७ का निर्वतमान अध्यक्ष तीर्थराज अधिकारी, ठकुरी संगम परिवार कास्कीको अध्यक्ष शेर बहादुर उच्चै, बाङ्सिङ पोखरा एकता परिवारको अध्यक्ष खडानन्द लामिछाने लगाएतले हमाललाई स्मरण गर्दै उहाँको व्यक्तित्वको बारेमा बताएका थिए ।

ठकुरी युवा परिवार कास्कीको अध्यक्ष रमेश हमालको अध्यक्षतामा सम्पन्न ‘तेस्रो लहर’ बिमोचन कार्यक्रममा विश्वकला यात्री प्राज्ञ नगेन सिंहले स्वागत तथा सचिव मोहन शाहिले सञ्चालन गर्नुभएको थियो ।



This will close in 20 seconds