श्रीलंका जाने भलिबल टोलीलाई बिदाई

-


     पोखरा क्लिक     
     असाेज १९ गते २०८० मा प्रकाशित


पोखरा १९, असोज

श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्न जाने नेपाली पुरष भलिबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकास कुमार कुसारीले शुक्रबार विदाई गरे ।

च्याम्पियनसिप अशोज २२ देखि २८ गते सम्म आयोजना हुने छ । नक्सालस्थित क्राउन प्लाजामा आयोजित कार्यक्रममा निमित्त सदस्य सचिव कुसारीले नेपाली खेलाडीहरुको खेलस्तर उच्च स्तरको रहेको भन्दै प्रतियोगिता जितेर आउनका लागि शुभकामना दिए । उनले खेलाडीहरुको खेलस्तरमा निकैनै बृद्धि भएको भन्दै प्रतियोगितामा सफलता हात पार्नेमा आफु बिश्वस्त रहेको र खेलाडीलाई विमानस्थलमा भव्य स्वागत गर्न आतुर रहेको बताए । यस्तै उनले राष्ट्रिय खेलकुद परिषद् नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा सदा दत्तचित्त रहेर अगाडी बढेको बताए ।
बिदाई कार्यक्रमका दौरान नेपाली भलिबलको खेल स्तर अभिबृद्धि गर्न पु¥याएको योगदानको कदर गर्दै नेपाली टिमका हेड कोच हान आविङ्गलाई प्रशंसापत्र प्रदान गरिएको थियो । आविङ्ग अन्तर्राष्ट्रिय भलिबल महासंघको सहयोगमा नेपाली टोलीको प्रशिक्षणका लागि नेपालमा रहेका छन् ।



This will close in 20 seconds