नेकोस खेलकुद महोत्सव अन्र्तगत स्केटबोर्डमा कोशी प्रदेशको वर्चोश्व

-


     पोखरा क्लिक     
     असाेज १५ गते २०८० मा प्रकाशित


पोखर १५, असोज

नेकोस खेलकुद महोत्सव २०८० अन्तर्गत स्केटबोर्ड तर्फको प्रतिष्प्रर्धामा कोशी प्रदेशको वर्चोश्व रहेको छ । नेपाल खेलकुद महासंघ समाजबादीको आयोजनामा हालै पोखरामा सम्पन्न भएको उक्त प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन सहित वर्चोश्व कायम गर्न सफल भएको हो ।

उक्त प्रतियोगितामा स्केट वोर्ड तथा स्केट बोर्डिङ खुल्ला तर्फको प्रतियोगितामा बसन्त राईले उत्कृष्ट खेल प्रर्दशन गरी विजेता हुनु भएको छ । त्यसै गरि कोशी प्रदेशकै शरद कुमार राई दोश्रो हुँदा मधेश प्रदेशका अंकित यादव तेश्रो हुन सफल हुनु भयो । त्यसै गरि स्केटबोर्डकै प्रदेशस्तरिय पुरुषतर्फ बसन्त राई पहिलो, कोशीका शरद कुमार राई दोश्रो र कोशीकै धिरज परियार तेश्रो हुनु भएको हो ।

प्रतियोगितामा महिलातर्फ कोशी प्रदेशकी समिक्षा राई प्रथम, बागमतीका अर्विन लामा द्वितिय र लुम्विनीका खुसी राई तेश्रो हुनु भयो । जुनियरतर्फ लुम्विनी प्रदेशका अभिनाष कुमाल प्रथम, द्वितिय लुम्विनीकै याम बहादुर कामु र लुम्विनीका अभिषेक दर्जी तेश्रो हुनु भएको हो ।

प्रतियोगितामा विजेताले मेडल, प्रमाणपत्रका साथमा नगद ३ हजार, उपविजेताले २ हजार र तेश्रो हुनेले १ हजार रुपैया पुरस्कार प्राप्त गर्नु भएको नेकोस गण्डकी प्रदेश सचिब डाक्टर डिलाराम लामिछानेले बताउनु भयो । बिजेता खेलाडीहरुलाई नेकोसका केन्द्रिय उपाध्यक्ष यादव बस्नेत, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, निमित्त सदस्य सचिव केशव पाठक, नेकोस समाजवादीका नेकोसका उपमहासचिव तथा नेकोस प्रतियोगिता विभागका प्रमुख अनिल रिजाल गण्डकी नेकोशका अध्यक्ष नवराज अधिकारीले नगद, प्रमाणपत्र तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा ४८ खेलाडीहरुको सहभागिता रहेको नेकोस कास्की जिल्ला उपाध्यक्ष घननाथ सापकोटाले बताउनु भयो । उक्त महोत्सव अन्र्तगत पोखरामा योगखेल सहित दुई खेल सम्पन्न भएसंगै अब हेटौडामा एक बाँकी ७ खेल काडमाण्ठौं र ललितपुरमा हुने भएको महासंघका अध्यक्ष केशव कुमार विष्टले बताउनु भयो ।



This will close in 20 seconds