
पोखरा, १४ वैशाख,
कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उत्तम प्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार र पर्यापर्यटनको विकासका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ। सोमबार पोखरा महानगरपालिका वडा नं.२० का विभिन्न क्षेत्रमा पुगेर नागरिकहरूसँग अन्तरक्रिया गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
सांसद पौडेलले पोखरा—२० अन्तर्गतका आटिघर, मौजा, मोहरिया र लामडाँडा क्षेत्रका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या र अपेक्षाबारे छलफल गर्नुभएको थियो। निरीक्षणका क्रममा सांसद पौडेलले पोखरा २० र मादी जोड्ने पुलको आवश्यकता तथा लामडाँडा–मौजा–मोहोरिया–हिमालय मावि–मन्छाप–हाइ अल्टिच्युड खेल मैदान ९तोङ्यो ढाप० हुँदै घगम थान मन्दिर जाने १९ किलोमिटर सडकको अवस्थाबारे स्थलगत जानकारी लिनुभएको छ।
नागरिकको जीवन सहज बनाउन पूर्वाधार पहिलो सर्त भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ुयी आयोजनाहरूको निर्माण मेरो प्राथमिकतामा रहनेछ। विकासका कामहरू कुनै पनि तहमा कतै पनि अड्कन नदिने गरी म खट्नेछु। सांसद पौडेलले उक्त क्षेत्र होमस्टे र पर्या(पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताउँदै यहाँको विकासका लागि नीतिगत तहमा देखिएका अवरोधहरू हटाउन आफू लाग्ने प्रतिवद्धता जनाउनुभयो । आफ्नो भूमिका नीति निर्माणमा मात्र सीमित नरहने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ुविकासका कामहरूमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै नागरिकको साथमा रहेर सहकार्य गर्न म प्रतिबद्ध छु। तपाईँहरूको आशा र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ। आफ्नो शक्ति नै जनताको साथ र सहयोग भएको बताउँदै उहाँले साझा सुन्दर भविष्य निर्माणको यात्रामा आफू निरन्तर नागरिकहरूसँगै रहने सङ्कल्प समेत व्यक्त गर्नुभएको छ।




