परिवार नियोजन संघमा भिडियो एक्सरे सेवा

-


     पोखरा क्लिक     
     असाेज ९ गते २०८२ मा प्रकाशित


पोखरा, ९ असोज,

नेपाल परिवार नियोजन संघ कास्कीले विहीबारदेखि भिडियो एक्सरे (युएसजी) सेवा संचालनमा ल्याएको छ । पोखरा १२ उपकार मार्ग स्थित संघको कार्यालयमा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सेवा शुभारम्भ गर्नुभएको छ ।

सेवा शुभारम्भ गर्दै सिग्देलले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै सेवा संचालनमा ल्याइएको बताउनुभयो । गुणस्तरीय सेवा हाम्रा प्राथमिकता हुन्, उहाँले भन्नुभयो, यो सेवा नहुँदा अन्यत्र रिफर गर्नुपर्ने अवस्था अब अन्त्य भएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा सेवा संचालनमा ल्याइएको वरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले जानकारी दिनुभयो ।गण्डकी मेडिकल कलेजका रेडियोलोजी विभागका प्रमुख सह.प्रा.डा.केशव शर्माले उक्त सेवा प्रदान गर्नुहुनेछ ।

शाखाले हाल परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, यौनजन्य रोगको परामर्श तथा उपचार, एच.आई.भि.परिक्षण तथा परामर्श, पाठ्ेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परिक्षण तथा परामर्श, यौनिक तथा लैड्गिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचारका साथै यौंन तथा प्रजनन् स्वास्थ्य संग सम्वन्धित सम्पुर्ण सेवाहरु लगायत प्रयोगशाला सम्वन्धि सेवाहरु पनि उपलव्ध छ ।



This will close in 20 seconds