
पोखरा
युवा बिद्यार्थी सहितको जेनजीको आन्दोलनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले मंगलबर जारी गरेको कर्फ्यु आदेशमा भदौ २४ गते राति १० बजेसम्म तोकिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन तथा धर्ना गर्न नपाउने उल्लेख गरिएको छ । जेनजी प्रदर्शनकारीले हिजो सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीको कार्यालय, वन मन्त्रालयको सवारी साधनमा तोडफोड गरेका थिए भने प्रहरीबाट एक जना बिद्यार्थीलाई रवरको गोली लागेर घाइते हुनु भएको छ ।




