लेखनाथ उद्योग वाणिज्य संघमा जानुका पराजुलीको प्यानलको ऐतिहासिक ‘क्लिन स्विप’

-


     पोखरा क्लिक     
     भाद्र २३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २३ भदौ,

करिब तीन दशक लामो इतिहास बनाएको लेखनाथ क्षेत्रका व्यावसायीहरुको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघले २९ औं साधारण सभा तथा १५ औँ अधिवेशनबाट नयाँ इतिहास रच्न सफल भएको छ । संघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनु भएको छ ।

जानुका पराजुली अधिकारीले निकटतम प्रतिष्प्रर्धी राजेन्द्र ओझाको प्यानलाई पछि पार्दै आफ्नो प्यानलको एतिहासिक जित निकाल्न सफल हुनु भएको हो । तत्कालिन वरिष्ठ उपाध्यक्षमा रहनु भएको ओझा प्यान माथि तत्कालिन महासचिव पदमा रहनु भएको अधिकारीले यसपालीको निर्वाचनबाट आफु सहित आफ्नो प्यानलको ऐतिहासिल जित निकाल्न सफल हुनु भएको हो । जानुका पराजुलीको प्यानलको ऐतिहासिक ‘क्लिन स्विप’ हँुदा धेरै व्यवसायीहरुले संघमा नयाँ युगको सुरुवात भएको प्रतिकृया दिएको स्थानियले पोखराक्लिकलाई जनाए ।

संघको २९ औं साधारण सभा तथा १५ औँ अधिवेशनबाट पराजुलीले १ सय ६३ मतको अन्तरले विजयी हुदै लेखनाथ उद्योग वाणिज्य संघमा नयाँ इतिहास रच्न सफल हुनु भएको हो । शनिबार अवेर सम्पन्न निर्वाचनबाट अधिकारीले ९ सय ९६ मत प्राप्त गर्दै उहाँका निकटतम प्रतिस्पर्धी तथा तत्कालीन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले भने ८ सय ३३ मत प्राप्त गर्नु भयो ।
अधिकारीले यस अघि महासचिवको जिम्मेवारी सम्हालेकी थिइन् । नेतृत्वलाई लेखनाथ क्षेत्रका उद्योगी–व्यवसायीहरूले नयाँ युगको सुरुवात भएको भन्दै स्वागत गर्नु भएको छ । अध्यक्ष अधिकारीले व्यवसायिक हकहितका साथै लेखनाथ क्षेत्रको उद्योग तथा व्यवसायको क्षेत्रमा र सो क्षेत्रको आर्थिक गतिविधि बृद्धि गर्ने बिषयमा पहल गर्ने बताउनु भयो ।

पराजुलीको नेतृत्वमा बनेको प्यानलले यसपटक सबै पदमा ‘क्लिन स्विप’ गर्दै पूर्ण बहुमत हासिल गरेको छ । प्रारम्भमा मिश्रित नतिजाको अनुमान गरिएको भए पनि अन्ततः उहाँको प्यानको विजयी भएको छ । त्यसै गरी वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोला (९६६ मत), प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य (११५० मत), द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई (१२१८ मत), महासचिवमा भरतराज ओझा (९५५ मत), उपमहासचिवमा गंगा मल्ल (१०६६ मत), कोषाध्यक्षमा हरी बस्ताकोटी (१०२७ मत) ल्याउदै विजयी हुनु भएको छ ।

त्यसै गरी अन्य सदस्यहरुमा सुजन न्यौपाने, प्रतिक्षा रानाभाट, भविन्द्र पुन, बिरेन्द्रराज भुर्तेल, दिपक अधिकारी, प्रभा पौडेल लामिछाने, कृष्णप्रसाद तिमिल्सिना, सन्दिप बुढाथोकी, महिला सदस्य तर्फ शर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार विजयी हुनु भयो । त्यस्तै एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा विरभद्र कंडेल निर्विरोध निर्वाचित हुनु भएको हो । संघले हरेक बर्ष लेखनाथ महोत्सव आयोजना गर्दै आएको छ ।