सहारा आ.वि.लाई १ लाखको अक्षयकोष र प्रिन्टर

-


     पोखरा क्लिक     
     भाद्र ३ गते २०८२ मा प्रकाशित


पोखरा,
पोखरा मनपा (९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा यु.के.निवासि सवि गुरुङले आफ्नो जन्मदिनको अवसरमा गुरुङले १ थान प्रिन्टर सहित सम्पूर्ण विद्यार्थीहरुलाई खाजा प्रदान गरेकी छिन्। सोहि क्रममा समजसेवी तथा स्टेशन पोखरा रेष्टुरेन्टकि सञ्‍चालक सपना गुरुङले आफ्नो स्वर्गीय पिता सुवेदार लालकाजी गुरुङको स्मृती दिवसको अवसरमा बुवा र आमा धनकुमारी गुरुङको नामवाट रू। १ लाख वरावरको अक्षयकोष प्रदान गरिन् ।

स्वागतका क्रममा वोल्दै विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारीले सवी गुरुङको शु(स्वास्थ्यका साथ दीर्घजीवनको कामना गरिन र दाता सपना गुरुङलाई हार्दिक धन्यवाद व्यक्त गरिन । दाता गुरुङले यस अघि पनि विद्यालयलाई १ थान ४३ ईन्चको स्मार्ट टि।भि। प्रदान गरेकी थिइन् ।कार्यक्रममा वोल्दै दाता सपना गुरुङले आफ्नो यु।के निवासी डेन्टल नर्स भदिनी सवी गुरुङले आफ्नो जन्म दिनको अवसरमा पुनित कार्य गर्ने इच्छा व्यक्त गरेकोमा सहारा विद्यालयलाई पहिलो रोजाईमा राखि यो कार्यक्रम सञ्‍चालन गर्न पाउँदा खुसी व्यक्त गरिन्। सोहि क्रममा उनले आफ्नो स्वर्गीय पिता सुवेदार लालकाजी गुरुङको स्मृतीमा स्वर्गीय वुवा र आमा धनकुमारी गुरुङको नामवाट विद्यालयको शैक्षिक उन्‍नयनका लागी अक्षयकोष स्थापनार्थ रु। १ लाख प्रदान गरेको वताइन् ।

कार्यक्रमका प्रमुख अतिथी पोखरा मनपा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयलाई सवैको साथ र सहयोगले माथी पुर्याउन निकै सहयोग भएको अनुभुति गरेको बताउँदै विद्यालयको अध्यक्ष विक्रम थकालीको दृढताका साथ काम गर्ने कार्यशैलीले देखिएका उपलब्धिहरुप्रती धन्यवाद व्यक्त गरे ।
आफ्नो स्थापनाकाल देखिनै निरन्तर विद्यालयलाई सहयोग प्रदान गर्दै आएको संस्था सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले विद्यालयको प्रगति प्रति खुसी व्यक्त गर्दै दाता गुरुङ परिवारलाई शुभकामना व्यक्त गर्दै प्रदान गरिएका समाग्रीहरुको समुचित तवरवाट प्रयोगका लागी विद्यालय परिवालाई आह्वान गरे ।

कार्यक्रमका समापनका क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले विद्यालय भौतिक रुपमा विस्तरै सवल वन्दै गइरहेको अवस्थामा गुणस्तरिय शिक्षाका लागी विद्यालय परिवारलाई हरेक अवस्थामा साथ र सहयोग गर्न आफू तत्पर रहेको बताए । विपन्‍न र अव्यवस्थित वस्तिका २४० जना बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा सम्पूर्ण विद्यार्थीहरुलाई मासु, चिउरा र जुस सहित खाजा र प्रिन्टर९रू।३८हजार बरावरको० प्रदान गर्ने दाता यु।के निवासी सवि गुरुङलाई धन्यवाद ब्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गरे । सोहि क्रममा हामिले आफ्नो जन्मदिनलाई मनाउँदा फजुल खर्च को सट्टा दानको रुपमा परिणत गर्दा अभावमा रहेकालाई सहयोग गर्ने सकिने पनि बताउदै अक्षयकोष प्रदान गर्ने सहयोगी दाता सपना गुरुङलाई हार्दिक धन्यवाद व्यक्त गरे । मन्तव्यकै क्रममा अध्यक्ष थकालीले विद्यालयलाई विभिन्‍न समयमा विभिन्‍न तवरवाट सहायता प्रदान गर्ने दाताहरु, कार्यक्रममा उपस्थित सम्पूर्ण संघसंस्थाका पादाधिकारीहरू, शिक्षक, अभिभावक, विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरे ।