पोखरा ९ मा ‘आफ्नो वडा आफैं बनाऔं’ अभियान जारी

-


     पोखरा क्लिक     
     श्रावण ३० गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिका–९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको नेतृत्वमा ‘आफ्नो वडा आफैं बनाऔं’ अभियानलाई तीव्र पारिएको छ । स्थानीय पूर्वाधार विकास, सडक मर्मत, सरसफाइ तथा सामुदायिक संरचना विस्तारमा जोड दिँदै अध्यक्ष मर्सानीले जनताको सक्रिय सहभागिता र पारदर्शी व्यवस्थापन मार्फत वडालाई नमूना बनाउने लक्ष्य लिनु भएको छ ।

वडावासीकै सुझाव र आवश्यकतालाई प्राथमिकता दिँदै सञ्चालन भइरहेको अभियानले विकास समृद्धि सेवा प्रवाहको गति बढाएको उहाँले जनाउनु भयो । उहाँको नेतृत्वमा सरसफाई समेत हुदै आएको छ । तष्विर शंजय शाक्य