
पोखरा,
महिला पर्यटन व्यवसायीहरूको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को अध्यक्षमा ममता न्यौपाने निर्वाचित भएकी छन्। बिहीबार सम्पन्न मञ्चको सातौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो।
सििमतको उपाध्यक्षमा लक्ष्मी लामिछाने, महासचिवमा भावना रानाभाट, सचिवमा शारदा भुजेल, कोषाध्यक्षमा रिता रेग्मी पौडेल ‘मुना’ र सह–कोषाध्यक्षमा मिठु लामिछाने चयन भएका छन्। त्यसैगरी सदस्यमा सुशीला भण्डारी, सरिता शर्मा, लक्ष्मी तिमिल्सिना, कान्ति अधिकारी, चन्द्रा पौडेल पहारी, सुनीता सुवेदी, चन्द्रा जिसी, मायाँदेवी लामिछाने, रेनु लामिछाने, शर्मिला थापा र मिरा पौडेल निर्वाचित भएका छन्। निर्वाचन समिति संयोजक पम्फा देवकोटा पहारीका अनुसार सम्पूर्ण पदाधिकारी र सदस्य सर्वसम्मत रूपमा चयन भएका हुन्।
साधारण सभा तथा अधिवेशनको उद्घाटन पोखरा महानगरका प्रमुख धनराज आचार्यले गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि आचार्यले पर्यटन क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढ्नु पर्यटन व्यवसायको दिगोपनका लागि महत्त्वपूर्ण रहेको भन्दै नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरे।





