पर्यटन पत्रकारिता पुरस्कारबाट सुवेदी पुरस्कृत

-


     पोखरा क्लिक     
     श्रावण २९ गते २०८२ मा प्रकाशित


पोखरा ,

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)द्वारा सञ्चालित पर्यटन पत्रकारिता पुरस्कारबाट पाखराका पत्रकार गोविन्द सुवेदी पुरस्कृत भएका छन् । ओटेफको आज विहिबार) पोखरामा आयोजना भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा सुवेदीलाई उक्त पुरस्कार अर्पण गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारी लगायतले दोषल्ला, नगद १५ हजार र सम्मान पत्रले सम्मान गरेका थिए । पत्रकार सुवेदी केन्द्रखबर डटकमका प्रकाशक तथा सम्पादक हुन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन प्रवद्र्दनमा ओटेफको भूमिका महत्वपूर्ण रहेको बताए । उनले ओटेफ र टेवानलाई पोखरा पर्यटन परिषदको सदस्यता दिन परिषदलाई सुझाव दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिला पर्यटन व्यवसायीले संस्कृति संरक्षण र मौलिकतामा अन्यको तुलनामा बढी गर्ने बताईन् ।पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यटनको विकास र प्रवद्र्दनमा ओटेफको भूमिका उल्लेखनीय रहेको बताए ।

पोखरा भ्रमण वर्ष २०२५ का मूल आयोजक समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन व्यवसायी वासु त्रिपाठी, नेपाल पर्यटन वोर्डका पूर्व सदस्य टिकाराम सापकोटा, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव जमुना वर्षा शर्मा, ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, अध्यक्ष उमा रेग्मी भण्डारी, महासचिव लक्ष्मी लामिछाने लगायतले बोलेका थिए ।