पोखरामा नाम मात्रको अन्तराष्ट्रिय हवाई उडान केहिले काँहि यात्रु विना खाली विमान समेत उड्न बाध्य, २ बर्ष ७ महिनामा २९ सय पर्यटक आगमन

-


     पोखरा क्लिक     
     श्रावण २७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २७, साउन,

पोखरेलीहरुको सपनामा तुसारापात भएको छ । पोखराको विकासको मेरुदण्डको रुपमा लिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएको आज २ बर्ष ७ महिना वितिसक्दा पनि प्रभावकारी ढंगले अन्तराष्ट्रिय हवाई उडान गर्न नसक्दा मुस्किलले संचालनमा आएको हिमालयन एयरलायन्सको बिमानले यात्रु विना खाली विमान समेत संचालन गर्न बाध्य भएको छ । उक्त विमानले पर्यटनको राजधानी पोखरा देखि विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासा बीच उडान सुरु गरेको छ । गत मार्च देखि अन्तराष्ट्रिय हवाई उडान गर्न सुरु गरेको कम्पनीले हालसम्म सिचुवान कम्पनीको तुलनामा करिब दोब्बर अर्थात २१ वटा फ्लाइट गर्दा पर्यटक भने सिचुवानकै तुलनामा ३ गुणा कम पर्यटकले आवाजजावत गरेकाछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २ बर्ष ७ महिनाको अवधिमा २ हजार ९ सय १० जना पर्यटक आवातजावात गरेको कार्यालयले दिएको तथ्याङकमा उल्लेख गरिएको छ । सन् २०२३ को जनवरी देखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म विभिन्न एयरलायन्स कम्पनीका जहाजबाट २ हजार ९ सय १० जना पर्यटक आवातजावात गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पोखराक्लिकलाई जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म विभिन्न एयरलाइन्स मार्फत ४२ वटा अन्तर्राष्ट्रिय उडान भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले बताउनु भयो । ४२ वटै आगमन र प्रस्थान अन्तर्राष्ट्रिय उडान भएको उहाँले जनाउनु भयो । चिनको सिचुवान एयरलाइन्स कम्पनीले पोखरामा हालसम्म अन्य कम्पनीको तुलनामा धेरै पर्यटक भित्राउन सफल भएको छ । सिचुवान एयरलाइन्सले ११ वटा फ्लाइट गर्दा १ हजार १ सय २७ जना पर्यटक चिनबाट पोखरा भित्राएको छ भने पोखराबाट ७ सय ९७ जनालाई चिन तर्फ लगेको तथ्याङकमा उल्लेख गरिएको छ । पोखरादेखि चिनको छेन्दुसम्म व्यवसायीक चार्टर्ड हवाई उडान गरेको सिचुवान एयरलाइन्सले पोखरामा हालसम्म १ हजार ९ सय २४ जना पर्यटकलाई आवातजावात गरेको छ ।

त्यसै गरी अन्तर्राष्ट्रिय विमान कम्पनी हिमालय एअरलाइन्स्ले पर्यटनको राजधानी पोखरा विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासा बीच उडान सुरु गरेको छ । गत मार्च देखि अन्तराष्ट्रिय हवाई उडान गर्न सुरु गरेको कम्पनीले हालसम्म सिचुवान कम्पनीको तुलनामा करिब दोब्बर अर्थात २१ वटा फ्लाइट गर्दा पर्यटक भने सिचुवानकै तुलनामा ३ गुणा कम पर्यटकले आवाजजावत गर्नु भएको छ ।

पोखरा–ल्हासा उडानमा आगमन र प्रस्थान २१÷२१ उडान हुदा आगमन तर्फ ३ सय ८५ जना पर्यटक पोखरा भित्रिनु भएको हो भने २ सय ४६ जना मात्र पोखराबाट चिनको ल्हासा उडान गर्नु भएको तथ्याङकमा उल्लेख छ । सिचुवान र हिमालयन सहित १० वटा एयरलाइन्सले परिक्षणकाल सहित ४२ वटा हवाई फ्लाइट गरेका हुन् । पोखरामा हिमालय एयरलाइन्स, सिचुवान एयरलाइन्स, ड्रुक एयर, पीएलए, विंग्स, जिआल एयर, एरोनटिकल, थ्रस्ट एयरक्राफ्ट ग्यारेन्टी लगायतका एयरलाइन्सले अन्तराष्ट्रिय हवाई उडान गरेका हुन् ।

यसैबिच, पोखरा अन्तरास्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा पोखरामा सम्पूर्ण अध्यागमनका संरचना सहित जनशक्ति रहेको प्रमुख अध्यागमन अधिकृत हरिबहादुर भुजेलले बताउनु भयो । आफ्नो कार्यलयमा हाल २८ जना कर्मचारीको दरवन्दी रहेको उहाँले जनाउनु भयो । पोखरा देखि चिनको छेन्दु र पोखरा देखि ल्हासासम्मको अन्तराष्ष्ट्रिय उडानलाई प्रभावकारी बनाउदै अन्य अन्तराष्ट्रिय हवाई उडान गर्न सबैले पहल गर्नुपर्ने पोखराका पर्यटन व्यवसायीहरुले बताउनु भएको छ । पोखरामा अन्तराष्ट्रिय हवाई उडान हुने आशा र भरोसामा पोखरा क्षेत्रमा नीजि क्षेत्रले गरेको अबौं लगानी हाल अहिलेकै अबस्था केही बर्ष रहे उक्त लगानी जोखिममा हुने व्यवसायीहरुले दाबी गर्नु भएको छ ।